भारतको हरियाणा राज्यमा नेपाली महिलाको रहस्यमय मृत्यु

२०७५ आश्विन २३ गते, मंगलवार

काठमाडौं, २३ असोज । भारतको हरियाणा राज्यमा एक नेपाली महिलाको रहस्यमय मृत्यु भएको छ । हरीयाणा राज्यको गुरुग्रामको पालम बिहार सेक्टर २३ ‘ए’ बल्कमा बस्दै आएकी गुल्मी छापाचौरकी सर्मिला विक हिजो झुण्डिएको अवस्थामा भेटिनुभएको हो । रोजगारीकै शीलशीलामा विक परिवारसहित पालममै बस्दै आउनुभएको थियो ।
३६ बर्षिय विक सामान्य रुखको पेदमा दुपट्टामा झुण्डिएर आत्महत्या गरेको जस्तो देखिएको छ । तर प्रवासी नेपाली जनसमाज भारत दिल्ली राज्य समिति सदस्य गुडगावकक नगर समिति अध्यक्ष विपना शाहीले भने विकको हत्या भएको जस्तो देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ मृतकको अवस्था हेर्दा आत्माहत्या हैन मारिएको जस्तो लाग्छ ।’ जनसमाजले मृतक विकप्रति एक मिनेट मौन धारण गरेका थिए । जनसमाजले मृतक परिवारलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरेको जनसमाज भारतका दीपेन्द्र ऐरीले जानकारी दिनुभयो ।

प्रतिक्रियाहरु