भारतको आत्मघाती कदम – संसारसेन पृथक

संसारका धेरै देशहरू मध्य थोरै होलान् जो बेलायत उपनिवेशको चपेटामा नपरेको त्यसमध्य भारत आफ्नो इतिहासको झन्डै एक हजार बर्ष उपनिवेश बनेर बसेको देश हो युनानी मुगल र बेलायत उपनिवेश खेपेको देश हो हाम्रो देश एक अद्भुत अप्राजयको राष्ट्र हो जस्को लागि शिर निहुराएर सम्मान गरेर मात्रै पुग्दैन ती महान वीर पू्र्खालार्ई धन्य रचयताहरुलार्ई । बिश्वमा जतिसुकै राष्ट्रहरु छन् उनीहरुको स्वाभिमान फरक हँुदैन सानो राष्ट्रको स्वाभिमान सानो र ठुलो राष्ट्रको स्वाभिमान ठुलो हँुदैन स्वाभिमान स्वतन्त्रता सम्मानता हरेक राष्ट्रका बराबर आफ्ना हुन्छ । दुर्जन र दुरबुद्धिको सुरुवात आर्थिक भौतिक सम्पन्नता र घमण्डले जन्माउने कुरा हो पछिल्लो भारतीय राजनीतिमा प्रयोग हुनेगरेको शब्द त्यहाँका प्रधानमन्त्रीले ऋृषिमोन लाईनमा जाने भनेर बोल्ने गर्नुहुन्छ व्यबहार भने बिर्टिसमोन लाईनमा जान थालेको देखिन्छ धार्मिक राष्ट्रवाद अझै भन्दा संस्कृतिक राष्ट्रवाद यस्ता छन “रावनको पुत्ला दहन गर्ने कायस्थ र कृष्ण एउटै हुन भनेर कायस्थको देबत्वकरण” गर्ने जसरी गर्दैछन त्यसले उनीहरुको राजनीति सिद्धान्त शान्ति होइन युद्धको बाटोमा अगाडि बढ्न थालेको छ अहिले आफ्नो सिमानाको कुरा गर्ने भारतमाताकी जय भन्ने इतिहास जुन आफ्नै सभ्यताको मुल इतिहासमा फर्कनु जरुरी छ सातसय बर्ष मुगलको उपनिवेश र तिनसय बर्ष अग्रेजको उपनिवेश सुइकार गरेको राष्ट्रले एउटा इतिहासमा अप्राजय राष्ट्रसग दुश्मनी गर्नुभनेको बिशाल भारत फेरि धेरै राज्यमा बिभाजन हुने खतरा बुझ्न जरुरी छ युनानी फारसी र बेलायती संस्कृती धेरैमा यथावत रहेकोे इतिहास र धार्मिक राष्ट्रवाद उदाउनु भारत खतराको बाटोमा हिँडनु हो बिश्व भुराजनीति र दक्षिण एशियाली संबेदनशीलताको एक अध्यायले नेपाल भारतको लागि एउटा बर्दान राष्ट्र हो जसको कारण अहिलेसम्म भारत भारत भएर रहन सकेको हो भारतले नेपाल र नेपालको सोभरेन्टी माथी चरम हस्तक्षेप गर्ने हो भने उस्को बिसर्जन अनिवार्य देखिन्छ ।
अहिलेको आर्थिक प्रतिस्पर्धा र शक्ति राष्ट्र ।
हरेक राष्ट्र शक्तिसाली बन्नको लागी राष्ट्रिय राजनीतिमा अग्रगमन र परराष्टमैत्री हुन जरुरी हुन्छ जुनकुरा अपुग्ताको कारण इतिहासमा विशाल राष्ट्र साना तिना भएर विलय भयको इतिहास ताजैछन अर्कोकुरा सिद्धान्तहिन राजनीतिबाट प्रेरित राष्ट्रवादले आन्तरिक संकटका सयौ प्रखाल पार गर्नु अनिवार्य चुनौतीपूर्ण बनेर आउछन जस्मा बिदेशी शक्ति चलखेल गर्ने मैदान बनाउन सफल हुन्छन् बिश्व साम्राज्यवादले पहिलो र दोस्रो बिश्वयुद्ध पछि विश्वव्यापी बिकसित भुमण्डलिकृत पुँजीवादको माध्यमबाट उत्पीडित राष्ट्रमाथी एकलौटी शोसन गर्न जुन अबधारना अपनायो बिज्ञानले उसको राजनीति साम्राज्यलार्ई असफल बनाउनेतर्फ उद्यृत गएको साचो हो यो अबस्थामा साम्राज्यवादी शक्ति राष्ट्रहरु आडम्बरी पराजयको क्रोधबाट ग्रसित भएर बिनासको गम्भीर कमजोरीको बाटो अबलम्बन गर्छन जसकोकारण शक्तिसाली राष्ट्रको प्रतिस्पर्धात्मक आर्थिक तथा सैनिक शक्तिको प्रयोगमा पुग्न बाध्य हुन्छन जहाँ बौद्धिक राजनीति सिद्धान्तबाट बिश्वब्यापी सामाजिक समस्याको हलभन्दा अन्धो राष्ट्रवादको निरन्तरता सुरु हुन्छ जसले बिश्व युद्धको सुरुवात गराउछ अन्ततोगत्वा निरहताको आडम्बरी पराजित भएका राष्ट्र विलय र बिसर्जनको बाटोमा जान बाध्यता जन्मिन्छ र शक्ति राष्ट्रहरु टुक्राटुक्रा बन्ने खतरापूर्ण अबस्थामा पुग्नसक्ने परिस्थिति आउने सम्भावना साम्राज्यवादी राष्ट्रहरुले बदलिँदो मानव समाजको बिकास परिस्थितिको अबैज्ञानिक मुल्यांकन र प्रतिस्पर्धाबाट उत्पन्न संकटका कारण स्वयम निर्माण गर्दछन ।
अहिलेको बिश्वमा उत्पन्न परिस्थिति के हो ।
इतिहास अध्यनको क्रममा हिजोको साम्राज्यवाद र बिश्वब्यापी आर्थिक उत्पादन मानव र मेसिनको सम्बन्ध सगै औद्योगिक पुँजीवाद, एकाधिकार पुँजीवाद, प्रतिस्पर्धात्मक ब्यापारीक पुँजीवादलार्ई उछिनेर भूमण्डलीकृत इलेक्ट्रोनिक पुँजीवादमा युगको परिस्थिति निर्मान हुँदै बिश्वब्यापी बिकास हुँदै गएको छ । साना राष्ट्रले विशाल शक्तिशाली राष्ट्रसँग बिज्ञान र प्रबिधिमा प्रतिस्पर्धा गरेर पुँजी तथा आर्थिक उत्पादनमा प्रतिस्पर्धा गर्न खोजिरहेका छन् भने शक्तिशाली राष्ट्रले बिकासोन्मुख राष्ट्रको राष्ट्रिय पुँजीलाई बहुराष्ट्रिय पुँजीको माध्यमबाट साना राष्ट्रलार्ई नियन्त्रणमा राख्न र श्रोतसाधनको एकलौटी प्रयोगलार्ई निरन्तरता दिन खोजिरहेका छन्, जसले उत्पीडित राष्ट्रको राष्ट्रिय पुँजी र उत्पीडक राष्ट्रका बहुराष्ट्रिय पुँजीबीचमा चरम अन्तर्विरोध उत्पादन भएर शक्तिशाली राष्ट्रको लगानी र उद्ददेश्यसँग मत बाजिएर नयाँ अन्तर्विरोध उत्सर्गमा पुग्ने र बिश्व युद्धको आमन्ने सामुन्ने पुग्ने अवश्य छ । हिजोका फासीवाद र नाजीवाद युगभन्दा यो युगमा उदाएको फासीवाद अत्यन्तै पासबिक क्रुर तवरले जन्मिने खतरा हो किनकि अमेरिकी राष्ट्रवाद र उत्तर कोरियाली राष्ट्रवादको उदय रुसी राष्ट्रवाद र भारतीय राष्ट्रवादको उदय अकल्पनिय तवरले उदाउँदो देखिन्छ । पुँजीले गरेको विद्युतीय बिकास र शासकहरुमा निर्माण हुने संस्कृक राष्ट्रवादले पब्लिकमा उत्पादन गरेको कुन्ठा क्रोध र घमण्डले संवत् युद्धको उदय हुने खतरा देखिन्छन् । बिश्वका शक्ति राष्ट्रको दाँजोमा जसरी पनि पुग्न भारत कसरत गरेको सत्य छ । राष्ट्रिय संकट संस्कृतिक राष्ट्रवादको उदयको कारण भारतले आफ्ना बिरोधी राष्ट्रहरुलाई मसला थप्ने काममा सघाउ पुगेको छ । काश्मिर र लद्दाक मुद्दामा अन्तर्राष्ट्रिय रूपमा उदाङ्गो बन्दै गएको छदैछ । अर्कोतिर आफ्नो छिमेकी राष्ट्रहरु छिमेकी मैत्रीपूर्ण सम्बन्ध टुटाएर बेलाबखत सदयार शत्रुको व्यबहार गर्नुले छिमेकी राष्ट्रहरु अत्यन्तै चिढिएको अबस्थामा पुगेका छ ।
भारत र नेपालबीचको भिन्नता के छ ?
भारतीय साम्राज्यवादले एउटा ऐतिहासिक तथ्य के बुझ्न जरुरी छ भने मानव सभ्यताको दुई हजार बर्ष आफ्नो राष्ट्रिय अस्तित्व गुमाएको राष्ट्र हो । जतिबेला युनानीहरुको गुलामी हुँदै कुनै बेला मुगलको उपनिवेश स्वीकार गरेको थियो । त कहिले अग्रेजको गुलाम बनेर इतिहासमा आफ्नो स्वत्व गुमाएका भारतीय शासकहरु यतिबेला सिमानाको कुरा गर्नु स्वभावैले अर्थहीन छ । बिदेशीले लगानी गरेर विकसित बनाइदिएको भारत सानै भए पनि मुगल साम्राज्य र अंग्रेजसँग लडेर आफ्नो स्वाभिमान बचाएको गौरवपूर्ण इतिहास नेपालको छ । हाम्रो सिमाना भारतलार्ई कजाउन शासन गरेर बसेको ब्रिटिससँग लडेर नेपालको सिमाना इस्टइन्डिया कम्पनिसँग कायम गरेको सिमाना हो । नेपाल एउटा अपराजय राष्ट्र हो, जसको इतिहास नेपाल सुरुदेखि अन्त्यसम्म रहिआएको तथ्य छ । नेपालका मौलिक मान्यता भाषा, धर्म, वेद, पुराण जति पनि वैभव छन् । ती सब भारतले संकटमा परेको होइन, त्यो कुरा हामी सुसज्जित हुन जरुरी छ । भारतले बुझ्ने कोसिस गरोस् । नेपाली जनताको राष्ट्रभक्तिभाव बिखण्डन गर्नको लागि हामीले तत्काल ऐतिहासिक रूपमा नेपाल बहसको सृजना गर्न जरुरी छ । जबसम्म राजनीति सिद्धान्त सत्यको मार्गमा रहँदैन । तबसम्म राष्ट्रवादको जुलुसले देश बच्ने कुरा रहँदैन । राजनीति पार्टीको नाम जेसुकै राखे पनि कमारो राजनीति सिद्धान्तले राष्ट्रिय स्वाधीनता सार्बभौमसत्ता भौगोलिक अखण्डता जोगाउने होइन, मजदुर उत्पादन गर्ने राष्ट्रको निर्माण गर्ने देशको नामले चिनिन्छ ।
नेपाल–भारत सम्बन्ध र खतराको संभावना
नेपाल–भारत धार्मिक, सामाजिक, सस्कृतिक र आर्थिक सम्बन्ध अहिले मात्र होइन, परापूर्वकालदेखि रहेको हो । ज्वारालाल नेहरुदेखि नेपालमाथि गरिएको घीनलाग्दो षड्यन्त्र र इन्दिरा गान्धीले नेपाली जनताको देशभक्ति पूर्ण भाबनाको निषेध गर्न खोज्नु र त्यसपछि भारत नेपाल मैत्रीपूर्ण छिमेक नीतिमा शंकापूर्ण सम्बन्ध रहेको हो । पछिल्लो पटक नेपालको संविधान घोषणसँगै नाकाबन्दीको परिणामले अरु तिक्तता बढेको हो । नेपाली राजनीतिमा बिकास भएको अन्धो राष्ट्रवाद र भारतीय राजनीतिमा मौलाएको संस्कृतिक राष्ट्रवाद दुबैले राष्ट्रिय स्वाधीनता भौगोलिक अखण्डतालार्ई सफल बिन्दुमा पु¥याउँदैनन् । भारत नेपालको एक असली छिमेकी राष्ट्र हो भन्ने ऐतिहासिक तथ्यहरु समाप्त पार्दै उसले नेपाल राष्ट्र र नेपाली जनताको सार्बभौमसत्ता राष्ट्रिय स्वाधीनतामाथि प्रत्यक्ष हस्तक्षेपकारी नीति अपनाउने गर्नुले छिमेकीको भूमिकाबाट सँधियार राष्ट्रको भूमिकामा रहन थालेको छ । छिमेकीको अर्थ ‘मर्दाको मलामी, पर्दाको जन्ती’ सुखमा हास्ने दुःखमा रुने दुबै हुन्छ । सँधियारको अर्थ छिमेकीको भूमिकामा देखिने तर बारम्बार किचलो र बखेडा झिक्ने हुन्छ । राजनीति हिसाबले भारतले नेपालमाथि संकट निम्त्याउनु भनेको आफ्नो टाउकोमा सदाको लागि निको नहुने घाउ निर्माण गर्नु हो । अबको भूराजनीति र भारतीय संस्कृतिक राष्ट्रवादको कारण भारतको आन्तरिक राष्ट्रियता कमजोर हुँदै जान्छ र उसको शिर पाउ बेलाबेला घोच्नु परराष्ट्र अमैत्री सम्बन्ध नै प्रमुख समस्याले भारतका असन्तुष्ट गणराज्य बिभाजनमा पुग्ने खतरामा जान्छन् । भारतको आन्तरिक निरहता र बाहिरी छिमेकीको असन्तुष्टको कारण उसलार्ई गम्भीर संकट अनिवार्य उत्पादन हुनसक्छ । यति कुरा अबगत हुँदाहुँदै उसले घमण्ड नछोड्नु भनेको पुँजीवादले अहिलेसम्म गरेको भूमण्डलीकृत बिद्युतीय बिकासको विकल्पमा समाधान नदेख्नु हो । कतिपयले अड्कलबाजी गरेका छन् । अबको बिश्व अन्तरबिरोध पुँजीवादको हो । त्यसको परिणाम दक्षिण एशियाली मुलुकहरूबाट उत्पादन हुनेछ । तर, बिडम्बना भन्नुपर्छ पुँजीवादको हल बैज्ञानिक सामाजिक परिवर्तनको माध्यमबाट हो । यहाँ सांस्कृतिक अतिक्रमण र भौगोलिक अतिक्रमणबाट सुरुवात हुनु भनेको क्रोध र कुण्ठाको परिणाम आक्रमण र प्रतिरोधमा उत्पीडित राष्ट्र र उत्पीडक राष्ट्रमा देखापरेको खण्डमा छिमेकी साम्राज्यवाद आर्थिक तथा भौगोलिक रूपमा विघटनको सम्भावना अनिवार्य जन्मिन्छ ।
अबको नेपालले सिक्नुपर्ने अनिवार्य पाठहरु
पहिलो कुरा नेपाली राजनीतिमा छिमेकी सधैँ छिमेकी रहँदैन । छिमेकी नबदलिए पनि उसले सोच्ने तरिका बदलिन्छ भन्ने कुरा अनिवार्य जरुरी हुन्छ । हाम्रो राष्ट्रियता र राष्ट्रभक्ति भाब जनतामा सुसज्जित नबनाइ सिमाना र राष्ट्रको सुरक्षा गर्न गाह्रो हुन्छ । हामीले इजरायलबाट महत्वपूर्ण पाठ सिक्न जरुरी छ । हरेक पन्ध्र बर्षमाथिको हरेक नागरिकले अनिवार्य सैनिक तालिम ज्ञान दिनु जरुरी छ । नेपालको टोटल जनसंख्या सेना हो भन्ने बुझाउनु पर्छ र हरेक स्कुलमा बालकलार्ई कक्षा चारबाटै राष्ट्रभक्ति शिक्षा सिकाउन जरुरी छ । हाम्रो शिक्षा, स्वास्थ, बिकास, बास, गाँस र कपासमा नेपालीपन उठाउन जरुरी छ जसले राष्ट्रियतामा एउटा नयाँ एकता अनिवार्य थप्न सक्छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>