भाटभटेनी सुपरमार्केटमा आगलागी

२०७४ चैत्र २५ गते, आईतवार

काठमाडौं, २५ चैत । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ । आगलागी विद्युत् ‘सर्ट’ भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु