भद्रपुर विमानस्थलमा आईएफआर प्रविधि

२०७५ जेष्ठ १२ गते, शनिबार

काठमाडौं, १२ जेठ । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले झापाको भद्रपुर विमानस्थलमा असार पहिलो सातादेखि आईएफआर प्रविधिबाट विमान उडान र अवतरण हुने बताएका छन । उनले आईएफआर प्रविधि जडानको काम सम्पन्न भएकाले असार २ गतेबाट यो प्रविधि जडान गरेका विमानले कम भिजिविलिटीमै उडान र अवतरण गर्न सक्ने जानकारी दिए । यो प्रविधि जडानसँगै अब हुस्सु र कुहिरोका कारण विमानस्थलमा उडान र अवतरण नरोकिने बताइएको छ । २२ सय मिटरको भिजिविलिटीमै उडान गर्न सकिने उनको भनाइ छ । २२ सय मिटर भिजिविलिटीबाट सुरु गरेर क्रमश घटाउँदै १७ सयसम्ममा नै अवतर र उडान गर्न सकिने बताइएको छ । यो प्रविधि नहुँदा पाँच देखि छ किलोमिटरको भिजिविलिटी भए मात्र उडान गर्नुपर्ने बाध्यता थियो । बुद्ध एयरले आइएफआर प्रविधि जडानको काम सम्पन्न भएपछि पहिलोपटक परीक्षण उडानसमेत गरेको छ ।
सुरुको चरणमा बुद्ध एयरले मात्र आइएफआर प्रविधि जाडान गरी पाईलटलाई तालिम दिएकाले सो एयरले मात्र कम भिजिबिलिटी अर्थात २२ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण गर्ने छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक दिपक बरालले प्राधिकरणले झापाको भद्रपुरसँगै विराटनगर र धनगढीमा पनि यो प्रविधि जडान गरिसकेको र केही महिनाभित्र जनकपुर विमानस्थलमा पनि जडान गरिने जानकारी दिए ।

प्रतिक्रियाहरु