बैंक तथा वित्तीय संस्थामा अधिक तरलता

२०७४ भाद्र २८ गते, बुधबार

काठमाडौं, २८ भदौ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।
‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ,’ थापाले भने, ‘निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको छ भने कर्जा प्रवाह १८÷१९ प्रतिशतमा खुम्चिएको छ ।’ पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो । पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।
साउनदेखि बैंकमा तरलताको अवस्था सुधार हुँदै आए पनि बैंकले लगानी बढाउन नसकेका कारण अधिक तरलताको अवस्था आएको हो । गत साल असोज अन्तिम साताबाट तरलता अभाव सुरु भएको थियो । राष्ट्र बैंकका अनुसार एक महिनायता बजारमा बढी भएको करिब ५२ अर्ब तरलता राष्ट्र बैंकले खिचिसकेको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार