बैंक तथा बित्तिय संस्थाको मारमा किसानहरु -रमेश बास्तोला

दिनहुँजस्तो हरेक पत्रपत्रिकामा पढ्ने गरिन्छ काला अक्षरमा प्रकाशित सुचनाहरु । फलानो ब्यत्ती, डिस्कानो जवानी र उनिहरुको कर्जा चुत्ता, भुत्तान गर्न आउने जारी सुचना अर्थात चल अचल सम्पत्ती लिलामी सुचना ! बैंक तथा बित्तीय संस्थाद्वारा जारी गरिएको यस्ता सुचनाले ऋणिको अवस्था प्रती मात्र होइन समाज,देश र देशको अर्थतन्त्र साथै अर्थनितिप्रति पनि गम्भीर प्रश्न उब्ज्याउने गरेको छ ।
देशमा ब्याप्त निगमपुँजीवाद छ र यसको मारमा साना तथा मझौला ब्यवसायी, किसान, मजदुर परेका छन् । ब्याप्त भ्रष्टाचार , दलालिकरण , ब्यथिती र अर्थतन्त्रको गिरावट संगै हरेक ब्यत्तीले राज्यको ऋणको भार बोक्नुपरेको बाध्यात्मक परिस्थिती जटिल बनिरहेको छ । यस्तै राज्यद्वारा लगाइएको चर्को कर प्रणाली, उच्च मुल्यबृद्दी , बजारको अस्तब्यस्त अवस्था र बिचौलियाकरण , स्वदेशी लगानिमा गिरावट संगै बिदेशी लगानिलाई बाहुल्यता जस्ता कुराहरुले गर्दा आज समाज पछाडि परिरहेको छ भने देशको अर्थतन्त्र नै बिदेशिको हातमा गएको प्रष्ट छ ।
यस्तो जटिल अवस्थामा नेपाल सराकारको मान्यता प्राप्त, विभिन्न बर्गमा बिभाजि च्याउ सरि उमृएका बैंक तथा बित्तीय संस्थाहरु आजभोली गाउँ , गल्ली चारैतिर छरिएर बिस्तार गरिनु \ हुनु बढो अनौठो कुरा हो ।
बैंक तथा बित्तीय संस्थाहरुको अनुगमन शून्य छ । उनिहरुले दिने सेवा र सेवाग्राही बीचको सम्बन्ध, सरलीकरण प्रती कुराहरु आउँछन् तर उनिहरुको सेवा कुन अवस्थामा छ यस प्रती कुनै चासो संबंधित निकायको छैन । जसले गर्दा मनपरी रुपमा गाउँ -गाउँ , गल्ली – गल्ली छिरेर यस्ता संस्थाहरुले आफ्नो हैकम जमाएको पाहिन्छ । बैंक भनेको नियम,कानुन, प्रक्रिया ठिक रुपमा पुर्याएर जनता लुट्ने निकाय हो भन्दा समाजिक आरोपको बिल्ला भिर्नुपर्ने अवस्था आउला तर यथार्थ यहि हो । बैंक मालिक नै अहिलेको अवस्थामा जनता लुट्ने पुँजीवादका मालिकहरु भएका छन ।
आज देशमा बैंक तथा बित्तीय संस्थाका कारण हजारौं मानिसहरु घरवारविहीन बनिसकेका छन् भने अबको केही दशक भित्र यसको संख्या दुइगुणा बड्ने पक्का छ । यो निगम पुँजिवादका कारण उत्पन्न समस्या हो । सेवाग्राहीको सामान्य अवस्था नहेरी उसको अचल सम्पत्तिको गिद्दे नजरमा चर्को ब्याजदरमा ऋण प्रवाह गरेर आफ्नो साम्राज्य बढाउने उद्देस्य सहित अगाडि बढिरहेका छन् । बैंक तथा बित्तीय संस्थाका कारण ग्रामीण छेत्रमा सबैभन्दा बढी पिडित बनेका छन् । पहिला सहर केन्द्रित रहेर बिस्तार गरिएका बैंक तथा बित्तिय संस्थाहरु अहिले गाउँ देखि सहरसम्म केन्द्रित रहेर काम गरिरहेका छन् । बिशेषगरि गाउँमा महिलाहरुलाइ भेला गराएर उनिहरुलाई समुहमा बिभाजित बनाई, विभिन्न प्रलोभन र विशेषता देखाई फसाइरहेको तथ्य हामिले देख्न सकिन्छ । जसले गर्दा महिलाहरु आफ्नो जिविकोपार्जन गर्ने सामान्य कार्य समेत गर्न नसकेको र समाजमा शिर ठाडो पारेर हिड्न समेत मुस्किल बनेको प्रशस्त उदाहरणहरु छन् । चर्को ब्याजमा ऋण प्रवाह, अनावश्यक सेवा शुल्क, बिमा शुल्क इत्यादी थुपार्दै उनिहरुको सामान्य कमाई समेत लुट्ने प्रवृत्ति गाउँ – ठाउँमा देख्न सकिन्छ । यदि यहि अनुपातमा बित्तीय संस्थाले आफ्नो कार्य अगाढी बढाउदै लैजाने हो भने अबको केही बर्षमा देशको गरिबिको अनुपात ह्वात्तै बड्ने देखिन्छ ।
हामीले सुन्ने गरेका छौ , तराईमा एक जना किसानले भैंसी पालनका निम्त्ती लिएको ऋण चुत्ता गर्न नसक्दा किसानको भैसीनै जफत गरिएको थियो साथै बैंक को ऋण केही समय तिर्न नसक्दा एक किसानको ३७ रोपनी जग्गा बैंक , दलाल, प्रशाशन मिलेर मिलेर बेचिएको थियो र ऋण चुत्ता गर्न पुग्दा लिलामी भईसकेको खबरहरु आएका थिए । यो अवस्था सृजित हुनु ऋणि को अर्थात किसानको दोष होइन यो दलाल ब्यवस्था र यहि ब्यवस्थामा संचालित राज्यद्वरा मान्यताप्राप्त बैंक तथा बित्तीय संस्थाहरुको हो । सामान्य रुपमा ब्यत्तिको धरातल नहेरी उसको सानो आयस्रोतमा समेत आफ्नो कब्जामा पार्ने उद्देश्य सहित बैंक तथा बित्तिय संस्थाहरु अहिले देशैभर कुना कुना पुगेका छन् । उनिहरुले सामान्य आयस्रोत नभएकालाई समेत ऋण प्रवाह गरि उसको सरल जिवनयापनलाई समेत ह्रास तुल्याउने कार्य भएका छन् । अग्रिम शत्प्रतिशत लगानी र कागजी प्रकृयाले गर्दा मेहेनती अथवा खास किसान शोषणमा परेका छन् । यस्तो अवस्थाले हजारौं ऋण खोजेर ब्यवासाय गर्नेहरु निराश हुनुपरेको छ भने किसानहरुको बिल्लिवाढ हुनुपरेको छ ।

बैंकहरुले आफू अनुकुल अनेक विधि, दवाब, षड्यन्त्र , गरेर समाजमा आफ्नो ब्यवस्था कायम गरेका छन् । त्यसका लागि उनिहरु सत्ता `कु´ गर्न समेत पछि परेका छैनन् । यदि आफ्नो अनुकूलतामा लगानीकर्ता वा ऋणि आएनन भने उनिहरुले जस्तोसुकै हस्तक्षप गर्न समेत पछि पर्दैनन् । यस अर्थमा बैंकहरुले व्यापक रुपमा किसान, महिला, मजदुरहरुलाई श्रम शोषण गरिरहेका छन् । जसले शोषणका कारण नागरिकहरूमा विशाल कलह उत्पन्न गराउदै समाजलाई आफू अनुकुल बनाईरहेका छन् । विभिन्न स्वार्थ अनुरुप प्रलोभनमा पारी समुहनै खडा गरेर सामुहिक शोषण बैंक तथा बित्तिय सस्थाहरुले गरेका उदाहरण खोज्न धेरै ताढा जानू पर्दैन । जुन अहिले ग्रामीण तथा शहरी क्षत्रमा व्यापक रुपमा खडा भएको पाहिन्छ ।

कृषिमा आत्मनिर्भर रहेको देश , कृषि पेशा अगालेका साना किसानहरु , मजदुरी गरेर जिविका चलाएका मजदुरहरु लगायत साना तथा मझौला ब्यवसायीहरु यस्ता सस्थाका मारमा परेका छन् । चर्को ब्यजदर, अन्धाधुन्ध ऋण लगानी, इत्यादीले गर्दा आज किसानको गाँस खोसिएको अवस्था छ । जसले गर्दा आज किसान तथा ब्यवसायीहरु कर्जाको मारमा आफ्नो ब्यवसाय छोडेर हिड्न बाध्य बनेका छन यो सबै निगम पुजीवादको कारण , बैंक मालिकहरुको लुट्ने धन्धाका कारण हुन । यदि समयमै यसको निराकरण गरिएन भने देशमा अर्थबजार दलालीकरण हुँदै बिदेशी स्वामित्तमा पुग्ने पक्का छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>