‘बेलायती राजदूतसँग कुनै व्यवहार गर्दैनौ ‘

२०७६ असार २४ गते, मंगलवार

काठमाडौं, २४ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताएका छन् । बेलायती राजदूत किमले ट्रम्प प्रशासनको आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले अब उहाँमाथि आफूले कुनै व्यवहार नगर्ने बताएका हुन । आफ्ना केही इमेल लिक भएपछि राजदूत किमले अमेरिकी ट्रम्प प्रशासनलाई अकुशल र अयोग्य भन्दै आलोचना गरेका थिए ।
बेलायती राजदूतको भनाइलाई लिएर आक्रोसित बनेका ट्रम्पले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन् । उनले बेलायतले नयाँ प्रधानमन्त्री पाउने कुरा ‘सुखद समाचार’ भएको टिप्पणीसमेत गरेका छन् । बेलायती प्रधानमन्त्री मे ले राजदूत किममाथि पूरै भरोसा रहेको प्रतिक्रिया दिएका थिए ।
यसैबीच बेलायती प्रधानमन्त्रीका प्रवक्ताले ईमेल लिक प्रकरणलाई अस्वीकार्य भएको बताएका छन् । उनले यस बारेमा प्रधानमन्त्री कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले लिक भएका ईमेलबारे आफ्नो प्रतिक्रिया यसअघि नै दिइसकेका छन् । उनले आफू बेलायती राजदूत किमको ठूलो प्रसंशक नरहेको र उनले बेलायतको राम्रो सेवा नगरेको बताएका थिए । उनले राजदूत किमप्रति अमेरिकामा कोही पनि खुसी नभएको बताएका थिए । तर बेलायती प्रधानमन्त्री मे ले भने राजदूत किमको बचाउ गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेलायती प्रधानमन्त्रीको आलोचना गरेका हुन । राजदूतलाई समर्थन गरेकोमा मेप्रति आक्रोस पोख्दै ट्रम्पले ब्रेक्जिट मामिलामा भद्रगोल निम्त्याइएको बताएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु