बेलायतमा प्रधानमन्त्रीका लागि १० जना उम्मेदवार

२०७६ जेष्ठ २८ गते, मंगलवार

काठमाडौं, २८ जेठ । बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । ब्रेक्जिट मस्यौदालाई लिएर बेलायती संसद् र पार्टीभित्र चर्को आलोचना भएपछि प्रधानमन्त्री टेरिजा मेले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन ।त्यसपछि बेलायतमा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले नेता चयन प्रक्रिया सुरु गरेको हो । बेलायतमा सत्तारुढ दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । कन्जरभेटिभ पार्टीको अध्यक्ष नै प्रधानमन्त्री बन्ने भएपछि सरकार र पार्टी नेतृत्वका लागि नेताहरुबीच प्रतिस्पर्धा भएको हो । विदेशमन्त्री जेरेमी हन्ट, पूर्व ब्रेक्जिटमन्त्री डोमिनक राव, स्वास्थ्यमन्त्री माट ह्यानकक र वातावरणमन्त्री माइकल गोभ पनि प्रधानमन्त्री पदका लागि सार्वजनिक उम्मेदवारको सूचीमा अटाएका छन् ।
त्यस्तै, पूर्वसांसद मार्क हार्पर, गृहमन्त्री साजिद जाभिद, पूर्व विदेशमन्त्री बोरिस जोनसन, संसद्का पूर्वअध्यक्ष आन्ड्रिय लिडसम, पूर्व कार्य तथा अवकाशमन्त्री इस्थर म्याकभे र अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्टको नाम छ ।- एजेन्सी

प्रतिक्रियाहरु