बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने

काठमाडौं, ३ फागुन । आगामी फागुन १० गतेदेखि चैत १५ गतेसम्म बेनी–जोमसोम सडकमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोलासम्म फागुन १० गतेदेखि चैत १५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको हो । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्ड सडक स्तरोन्नति तथा विस्तारका लागि दैनिक ८ घण्टा बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए । बेनीदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडक ११ मिटर फराकिलो र कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>