बुद्ध वाणी वाचन गरी गिनीज वल्र्ड रेकर्ड कायम गर्ने !

२०७४ पुष १८ गते, मंगलवार

काठमाडौं, १८ पुस । विश्व कीर्तिमानी परिषद् नेपालले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न आउँदो शनिवार काठमाडौमा ७५ हजारभन्दा बढी मानिसले एकै दिन बुद्धको उपदेश वाचन गर्ने बताएको छ । परिषद्ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको टुंडिखेलमा एकै दिन सबैभन्दा बढी मानिसले बुद्ध वाणी वाचन गरी गिनीज वल्र्ड रेकर्ड कायम गर्ने जानकारी गराएका हुन् ।
विश्व कीर्तिमानी परिषद् नेपालका अध्यक्ष दिपक बजगाईले कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । कार्यक्रममा हेलिकोप्टरबाट दृष्य खिच्ने व्यवस्था मिलाइएको छ भने झण्डै एक हजार स्वंसेवक परिचालन गरिने जनाइएको छ । कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु