बीस कम्पनीलाई साधारण शेयर बिक्रीको स्वीकृति

२०७५ असार २३ गते, शनिबार

काठमाडौं ,२३ असार । नेपाल धितोपत्र बोर्डले चालु आवको हालसम्म कूल २० कम्पनीलाई रु आठ अर्ब १० करोड २० लाख ९९ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । यस्तै यसवर्ष अधिकाशं जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गरेका छन् । अनुमति दिएकामध्ये १३ वटा त जलविद्युत् कम्पनी नै रहेका छन् । यस्तै विभिन्न पाँच कम्पनीलाई रु ११ अर्ब ४२ करोड २० लाख ८२ हजार ९५४ बराबरको तीन करोड ४८ लाख १५ हजार ५८६ कित्ता एफपिओ बिक्रीका लागि अनुमति दिएको छ ।
नेपाल ग्रामीण विकास बैंक, प्रिमियर इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, एनएमबी बैंक र नेपाल बैंकको एपपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । त्यसमध्ये एनएमबी र नेपाल बैंकको एफपिओ बिक्री भइरहेको छ । यस्तै विभिन्न १४ कम्पनीको साधारण शेयर बिक्रीका लागि स्वीकृतिको चरणमा रहेको छ । यस्तै ५३ कम्पनीको रु २५ अर्ब ३९ करोड ४१ लाख ८८ हजार ६७५ बराबरको २५ करोड ३९ लाख ४१ हजार ८८६ कित्ता हकप्रद शेयर निस्काशनका लागि बोर्डले स्वीकृति दिएको छ । बोर्डले प्रक्रिया पु¥याएर आएका सबै कम्पनीलाई निश्चित कार्यदिनभित्र आवश्यक स्विकृति दिइएको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु