बिर्सने बानीले सताएको भए …

२०७५ आश्विन २१ गते, आईतवार

काठमाण्डौ, २१ असोज । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै सताएको हुन्छ । पढेका कुरा एकछिनमा बिर्सने समस्याको कारण धेरै मेहनत गर्ने विद्यार्थी पनि असफल भएका उदाहरण सुन्न पाइन्छ । तलका उपाय अपनाउनुभयो भने तपाईंले पढेको कुरा स्मरण गराउन सहज हुन सक्छ । नियमित रूपमा पढ्ने बानीको विकास गर्नुहोस् । कुनै चिजलाई मनमनै दोहो¥याएर र त्यसलाई सम्झने प्रयास गनुहोस् र लेख्ने अभ्यास गनुहोस् ।
– विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ । एकोहोरो रटेर हुँदैन । त्यसरी पढेको केहिदिन पनि टिक्दैन ।
– रटेर पढ्दा दिमागमा घुस्दैन । त्यसैले हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । कुनै पाठ गाह्रो लाग्छ भने त्यसलाई केहि कुरामा लिंक गरेर पढ्नुपर्छ । जस्तो तपाईंले कुनै गाह्रो पाठ पढिरहनुभएको छ भने, त्यसलाई रमाइला कुरा, चीज, घटनासँग जोडेर पढ्नुपर्छ ।
– निद्रालाई असर पर्ने गरी अध्ययन गर्नुहुँदैन । बिहान चाँडै उठ्नपनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ ।
– एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ ।
– पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ । फाष्टफुडको प्रयोग गर्नु हुँदैन । यसले स्मरणशक्ति घटाउँछ ।
– सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ । विहान ४ बजेदेखि विहानको ९ बजेसम्म पढ्ने उत्तम समय हो ।
– अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन । दिमागलाइ जवरजस्त आफुले पढेको कुरामा ध्यानमा लगाउनु हुँदैन । निरन्तर पढ्ने गर्नुपर्छ । कुनै कुरामा आपूmले पढेको कुरा जोड्ने हो भने दिमागले अरु कुरा सोच्न भ्याउँदैन ।
– ढाड सीधा गरेर पढ्ने । यसले तपाईंको स्वास्थ्यमा नराम्रो असर गर्छ । उत्तानो परेर वा घोप्टो परेर पढ्नु हुँदैन । यसले एकातर्फ स्मरण शक्ति घटाउँछ भने अर्कोतर्फ तपाईंको आँखालाई गम्भीर असर पुर्याउंछ ।
सकेसम्म अलार्मको प्रयोग नगर्ने । अलार्मले जबर्जस्ती उठाउँछ । बिस्तारै निद्राबाट आफैँ उठ्नुपर्छ । जवरजस्त उठ्दा तपाईंको दिमागलाइ सीधा असर गर्छ । यसले तपाईंको आँखालाई पनि असर गर्छ । सकेसम्म उठ्ने र सुत्ने एउटै तालिका बनाउनुपर्छ ।
– पढ्दा सकेसम्म ठूलो स्वर ननिकाल्ने । यसले तपाईंको शरिरमा भएको शक्ति बढी निस्किन्छ । जसका कारण तपाईं थोरै समयमा थकित हुनुहुनेछ । एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ ।
– एकोहोरो मात्र पढ्ने बानी नगर्नुहोस् । तपाईंले सिकिरहनुभएको कुरालाई पुरानो कुरासँग जोडेर सम्झने प्रयास गर्नुहोस् । यसो गर्दा सबै कुरा सम्झन सजिलो हुन्छ ।
– लामो समयसम्म एउटै पाठ नपढ्नुहोस् । पढेर वा रटेर भन्दा पनि त्यो कुरालाई कोटिङ गरेर पढ्नुहोस् । यसो गर्दा सम्झन सजिलो हुनका साथै फरक तरिकाले सोच्ने बानीको विकास हुन्छ ।
– आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन गरी जुनसुकै विषय पनि रुचिका साथ पढ्नुपर्दछ । साथै आपूmमा भएका नकारात्मक धारणाहरू, जस्तै– म कमजोर छु, मेरो स्मरणशक्ति राम्रो छैन, पढेको बुझ्दिनँ भन्ने बानी हटाउनुपर्छ । म पनि पढ्न सक्छु भन्ने बानीको विकास गर्नुपर्दछ । जुनसुकै विषय पढ्दा पनि सकारात्मक हुनुपर्दछ ।
– जीवनमा लक्ष्यका साथ अघि बढ्नुपर्दछ । लक्ष्य बनाउँदा थुप्रै कुराहरूमा ध्यान दिनुपर्छ । जस्तै– आफ्नो समय, खुबी, कमजोरी, परिस्थिति आदिलाई ख्याल गनुहोस् र कुनै लक्ष्यका साथ अघि बढ्नुहोस् ।

प्रतिक्रियाहरु