बिद्यार्थी नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा संघर्ष

२०७६ जेष्ठ ३ गते, शुक्रबार

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले काठमाडौंको शान्तिवाटीकामा आयोजित शान्तिपुर्ण कार्यक्रमलगायत बिभिन्न स्थलबाट पक्राउ परेका नेता कार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । भट्टराईले विहिवार एक प्रेस विज्ञप्ती जारी गार्दै आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा संघर्षमा जाने र लोकतन्त्रका आधारभुत मुल्य मान्यतालाई लत्याउदै सरकार अघी बढिरहेको आरोप लगाउदै फाँसीवादी सरकारका हरेक कदमको प्रतिवाद गर्न आफुहरु तयार रहेको बताएका छन् ।
अखिल (क्रान्तिकारी) लगायत ११ बिद्यार्थी संगठनले बुधबार काठमाडौंमा ५५ औं बिद्यार्थी एकता दिवसको अवसरमा सरकारको बिरुद्धमा प्रदर्शनसहित शान्तिवाटीकमा एक कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम शाही, केन्द्रीय सदस्य तथा बांके जिल्ला अध्यक्ष मदन चन्द, मुगु जिल्ला अध्यक्ष नरश्वर वुमिलाई प्रहरिले गरिफ्तार गरेकाे थियाे ।

प्रतिक्रियाहरु