बास्कोटाको अडियो सार्वजनिक गर्ने बिजय मिश्रविरुद्ध सासंदहरुको उजुरी

२०७६ फाल्गुन ११ गते, आईतवार

काठमाडाैं, ११ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनीसगँ ७० करोड कमिसनका लागि सेटिगं गरेको अडियो मिडियामा ल्याउने बिजय प्रकाश मिश्र विरुद्ध साईबर क्राईम उजुरी परेको छ । सार्वजनिक लेखा समितिका सासदहरुको पनि नाम मुछिएको भन्दै सासदहरुले आज साईबर क्राईम ब्यूरोमा उजुरी दिएका हुन् ।
अब सो उजुरीका आधारमा मिश्र पक्राउ पर्लान त यो चासोको बिषय छ । उनलाई कार्बाही गर्न सार्वजनिक लेखा समितिले यस अघि प्रहरीलाई पत्राचार गरेको थियो ।
उनले अर्को कम्पनीसँग सम्झौता समितिले गर्न सक्ने र त्यसमा सासदहरुको पनि मिलेमतो रहेको आरोप लगाएको भन्दै सासदहरु रिसाएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु