बालाचतुर्दशीको तयारी पूरा

काठमाडौं, २८ कात्तिक । पशुपति क्षेत्र विकास कोषले आगामी बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले कात्तिक ३० गते बिहीबार साँझ दिवंगत आत्मा एवम् पितृको सम्झनामा रातिभर दीप प्रज्वलत गरी भोलिपल्ट मंसिर १ गते शुक्रबार सतविजारोपण गर्ने बालाचतुर्दशी पर्वलाई व्यवस्थित बनाउने गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । कोषले आज पत्रकार सम्मेलन गरी बालाचतुर्दशीका दिन बत्ती बाल्ने निश्चित स्थानको तय गरिएको जानकारी दिएको छ ।
त्यसैगरी सुरक्षाको पर्याप्त व्यवस्था मिलाइएको, सवारी पार्किङलाई व्यवस्थित गरिएको पनि कोषले जनाएको छ । कोषले पशुपतिनाथ मन्दिर परिसरमा पराल लैजान र कोर क्षेत्रभित्र कुनै पनि प्रकारका सामान बिक्रीवितरण निषेध गरिएको जनाएको छ । बालाचतुर्दशीका दिन पाशुपत क्षेत्रभित्र स्वास्थ्य सेवा, खानेपानी र विजुली बत्तीको समेत राम्रो व्यवस्था गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>