बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु

काठमाडौं, ३० जेठ । बंगलादेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् । मुसलधारे बर्षासँगै आएको बाढी र पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर मर्नेहरु रोहिंग्या शरणार्थी रहेको बंगलादेशका अधिकारीहरुले जनाएका छन् ।
बंगलादेशको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कोक्स बजार वर्षाले नराम्ररी प्रभावित भएको छ । त्यहाँका अधिकांश शरणार्थी शिविरलाई बाढीले बगाइदिएको छ ।राजधानी ढाकाबाट २ सय ९२ किलोमिटर टाढा रहेको यो इलाकामा म्यानमारको रखाइन राज्यबाट विस्थापित १० लाख रोहिंग्या शरणार्थीको बसोबास छ ।बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बेपत्ताहरुको खोजी गर्न सयौं उद्दारकर्मी परिचालन गरिएको छ ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>