बाघको छालासहित तीन जना पक्राउ

२०७५ भाद्र २७ गते, बुधबार

काठमाडौं, २७ भदौ । काठमाडौं ठमेलबाट बाघको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन । उनीहरुलाई महानगरी प्रहरी वृत, दरबारमार्गले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा वृतको टोलीले बाघको छालासहित टोखा बस्ने २० वर्षीय सागर श्रेष्ठ, गौरीघाट बस्ने ३१ वर्षीय रमेश बोहरा र मनमैजु बस्ने २७ वर्षीय लिला बहादुर श्रेष्ठ रहेका छन् । छालासहित पक्राउ परेका तीनै जना नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको वृतका प्रमुख (डिएसपी) दाबहादुर मल्लले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका तीनै जना पहिलेदेखि नै बाघको छाला र हड्डी बेचबिखनमा सक्रिय रहेको डिएसपी मल्लले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघको छाला कारोबार गर्नेलाई ५ वर्षदेखि १५ वर्ष कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार