बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगे

काठमाडौं, २० कात्तिक । ‘स्वर्णिम चलचित्र महोत्सव’का लागि अभिनेता गोविन्दा श्रीमती सुनितासँगै नेपाल आइपुगेका छन् । यही कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदै गरेको ‘स्वर्णिम चलचित्र महोत्सब’लाई नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको हो । अहिले महोत्सवको तीब्र तयारी भइरहेको आयोजकले जानकारी गराएको छ । मंगलबार नेपाल आइपुगेका अभिनेता गोविन्दाले मिडियाकर्मीहरुसँग कुराकानी गर्दै नेपालबाट पाएको मायाप्रति आभार प्रकट गर्दै सदैव माया गरिरहन आग्रह गरेका छन् । यसका साथै उनले आफ्नो नेपाली फ्यानहरुलाई धन्यबाद पनि दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>