बम आक्रमणका दोषीलाई मृत्युदण्ड

२०७५ आश्विन २६ गते, शुक्रबार

काठमाडौं, २६ असोज । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चमा बम विस्फोट गराएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्युदण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटमा परी दर्जनौंको मृत्यु भएको थियो ।
घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ बर्षसम्मको जेल सजाय तोकिएको छ । न्यायिक तथा सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार कायरोमा सन् २०१७ र २०१६ मा गराइएका विस्फोटका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो । सन् २०१६ को डिसेम्बर ११ तारिखका दिन कायरोको मूख्य भागमा पर्ने सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा २९ जनाको मृत्यु भएको थियो । त्यस्तै सन् २०१७ को अप्रिलमा दुई चर्चमा भएको हमलामा ४५ जना मारिएका थिए ।इजिप्टमा क्रिश्चियन धर्माबलम्वीहरुले प्रार्थना गर्ने चर्चहरुमा बेला बेलामा आइएस लडाकूहरुले आक्रमण गर्ने गरेका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु