बन्दाबन्दीको कहरमा बालबालिका र अभिभावकको उत्तरदायित्व – दामोदर अर्याल

विश्वभर माहामारीको रुपमा लिएको कोरोना भाइरसबाट बच्नको लागि गरिएको बन्दाबन्दीको कारण घरमै लामो समय बिताउँदा बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास परेको हुनसक्छ । उस्तो त्रासदीबाट बालबालिकाहरुलार्ई जोगाउनु अत्यन्त जरुरी हुन्छ । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालार्ई कसरी सकारात्मक र रचनात्मकरुपमा व्यस्त बनाउने भन्ने आम अभिभावकहरुमा चासोको विषय बनेको छ ।
कोरोना भाइरसका बिश्वव्यापी सङ्क्रमणबारे जे यथार्थ, सत्यरतथ्य छ त्यो बालबालिकाहरुलार्ई भनि दिने र आधिकारिक नभएका सञ्चार माध्यममा आउने अनावश्यक समाचार र अफवाहबाट बालबालिकाहरुलार्ई जोगाउनु पर्छ । स्वभावैले बालबालिकाहरु चन्चले, छुकछुके र उत्सुकताका साथ नयाँ कुरा जान्ने जिज्ञासु हुन्छन् । यस्तो अवस्थामा अभिभावकहरुले उनीहरुलार्ई गम्भीरताका साथ कुरा बुझाएर आफ्नो नियन्त्रणमा राख्न सक्छन् । अभिभावकहरु बालबालिकाको उक्त जिज्ञासालार्ई तनाव सम्झने र चर्को स्वरमा उनीहरुलार्ई हप्काउने पनि गरेको पाइन्छ । बाल मस्तिष्क नयाँ कुरा जान्ने र बुझ्ने कृयामा लागेको हुन्छ । घरमै लामो समय बिताउँदा बालबालिकाका पर्ने परिवेशमा के–के कुराहरु गर्न हुन्छ र के–के कुरा गर्न हँुदैन भन्ने उसलार्ई ज्ञान हुँदैन । बिषम परिस्थितिको बारेमा बोध गराउने र सम्झाउने दायित्व अभिभावकको नै हो । यो बिषम परिस्थितिको बारेमा सम्झाउँदै नसम्झाई बालबालिकाप्रति झर्कनु, चिच्याउनु कत्तिको कुशल अभिभावकको दायित्व हो । अभिभावकले आफ्ना कुरा लादेर बालबालिकाको मष्तिस्कलार्ई नियन्त्रणमा राख्न उपयुक्त हुँदैन । लामो समय एकान्तमा बस्दा वा महामारीका समयमा मानिसमा तनाव हुने, बाहिर जान नपाउने हुँदा डर लाग्ने, आत्तिने, छटपटी हुने हुनु स्वभाविक भएकाले आपूmलार्ई व्यस्त बनाएर दिमागलार्ई ठीक ठाउँमा राख्ने वातावरण सिर्जना गर्दै सिंगो परिवारप्रति नै नकारात्मक धारणा बढ्दै जान नदिन साबधानी अपनाउनु पनि अभिभावकको दायित्व हो ।
बिश्वभरमा फैलँदै गएको यो महामारीबाट आपूm पनि बाँच्न र अरुलार्ई पनि बचाउन सुरक्षित तबरले आफ्नो मानसिक हिसाबले आफ्नो मन बलियो बनाउनु पर्ने मनन गर्दै बालबालिकाहरुलार्ई बिशेष ध्यान दिनु पर्दछ । समय परिस्थितिअनुसार घरभित्रै रहेर गर्न सकिने सामान्य शारीरिक व्यायम, योग, ध्यान, सरसफाई, अनुभव आदान–प्रदान, अध्ययन, गीत–संगित, भजन, प्रबचन आदिबाट आपूm र आफ्नो परिवारलार्ई सबैले सुरक्षित हुने, श्रृजनशील कार्यमा लगाउने गर्नु पर्दछ । हामीले बालबालिकालार्ई कुनै रचनात्मक काम गरेर समय बिताउने, समूह मै सहभागी गराएर खेलाउने गर्न पनि गर्न सकिन्छ । सुत्ने, खाने, खेल्ने, मनोरञ्जन गर्ने, योग गर्ने समय नियमित तर्जुमा गरी व्यस्त बनाउने, विद्युतीय सामग्री र सामाजिक सञ्जालमा धेरै नझुल्न बरु पिनायो, मादललगायतका बाध्यवादनको सामग्री बजाउन सिकाउने, लगाउने, लुडो, चेस पनि खेलेर समय बिताउन सकिन्छ ।
सामाजिक सञ्जालमा महामारीका समयमा बालबालिकाको दिमागमा असर हुने खालका सामग्री तथा समाचार आइरहने हुँदा त्यस्तोबाट टाढा रहन आग्रह गर्दै बालबालिकालार्ई नियमित सिर्जनशील बनाउन अभिभावकले ध्यान दिनु जरुरी हुन्छ । यो समयमा पारिवारिक मिलन, सन्तुलन र एकआपसमा माया–ममता बाँडीचुँडी गर्दै संयमताका साथ रमाईलोसँग बस्यौं भने कोरोनाको संक्रमणबाट बाँच्न र बचाउन मात्रै होइन, अहिलेसम्म सबै परिवार मिलेर नगरेका अन्य धेरै किसिमका कामहरु गरी फरक पारिवारिक जीवनशैली र संस्कारबाट अघि बढ्ने अवसरको रुपमा पनि लिने गर्नु पर्दछ । आपूmले पठनपाठन गर्ने विद्यालय बन्द भएको कारणले घरमा बस्न बाध्य बालबालिकाहरुलार्ई सिर्जनशील बनाउने वा झर्केर उनीहरुलार्ई मनोसामाजिक समस्यामा पार्ने अभिभावक बन्ने रोजाई स्वयम् अभिभावकको हो भन्ने कुरा हेक्का राख्नुपर्दछ । असहज परिस्थितिमा कसरी सकारात्मक अभिभाक बन्न सकिन्छ भन्ने थाहा नभएको अवस्थामा अधिकांश अभिभावकहरु नचाहँदा नचाहँदै, नजान्दा–नजान्दै आफ्ना बालबालिकालार्ई पीडा पुराइरहेका हुन सक्छौं । यस्तो बिषम परिस्थितिमा हरेक अभिभावकले आफ्ना बालबालिकाहरु कहाँ के गर्दै छन् भन्ने बारेमा चनाखो हुनु पनि पारिवारिक बोध तथा अभिभावकत्व हो । कोरोनाले मानव जीवनमा पारेको नकारात्मक असरको समाचार सुनी बालबालिकाकै सामुन्ने आत्तिने, नराम्रा शब्दहरु प्रयोग गर्ने, ओहो अब त खत्तम हुने भो जस्ता नकारात्मक र निराशाजनक शब्दहरु बालबालिकाको सामु प्रयोग गर्नाले मनोसामाजिक समस्या हुनबाट पनि सक्छ, त्यसैले अभिभावकहरुले बालबालिकालार्ई सकारात्मक कुराहरुको बारेमा बताउने गर्नुपर्दछ । साबुन–पानीले राम्रोसँग हातधुने, सेनिटाईजर, डेटोलको प्रयोग, सफा कपडा लगाउने, नङकाट्ने, नियमित ब्रस गर्ने, नुहाउने, आदि कुराहरुको साथै व्यक्तिगत र पारिवारिक सरसफाईले मानव जीवनमा नकारात्मक असर पार्ने कोरोना लगायतको भाइरस, किटाणु र जीवाणुबाट जोगिन सकिन्छ भन्ने बोध गराउनु पनि अभिभावकको दायित्व हो ।
शरीरिक अवस्था र उमेरका आधारमा प्रशस्त पानी, पोषणयुक्त, हरियो तरकारी, साग, दूध र घरायसी खाजाको महत्व र पोषणयुक्त व्यवस्थित खानपानले मानव जीवनमा पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा बालबालिकालार्ई बोध गराई रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्य भएर बाँच्न पोषिलो र सन्तुलित खानाको महत्वपूर्ण योगदान हुने बारे बालबालिकालार्ई पनि अभिभावकको दायित्व हो । बाल अधिकारका पक्षहरु शारीरिक विकास, मानसिक विकास, बौद्धिक विकास र संवेगात्मक विकास हुने खालका खेलहरु मित्रवत व्यवहार गरी रमाइलो गर्ने पाउने अधिकारहरुलार्ई पनि ध्यान दिनु पर्ने हुन्छ । आफ्ना बालबालिकाका धेरै कुराहरु रुची, जिज्ञासा, मनोभावना बुझ्ने र नजिक हुनु संगै खेल खेल्दा उनीहरुका मन भित्रका कुरा बुझ्न सकिने र उनीहरुलार्ई हौसला पनि दिन सकिन्छ भन्ने कुरा अभिभावकले सदैब ख्याल गर्नु पर्दछ । कुशल अभिभावकले आफ्ना बालबालिकाहरुसंगै बसी कुन बेला पढ्ने, कुन बेला आफ्ना साथीहरुसँग नेटमा वा फोनमा कुरा गर्ने, कुन बेला खाने, कुन बेला खेल्ने, कुन बेला कथा भन्ने र सुन्ने, कुन बेला रचनात्मक कृयाकलापहरु जस्तै नाँच्ने, गाउने, चित्रकला, कविता, लेख, रचना, कथा बनाउनेलगायतका कुराहरु समावेश गरी उनीहरुकै सहभागितामा दैनिकी बनाउन प्रयास गर्न गर्नुपर्दछ । अभिभावक नै बालबालिकाको पहिलो साथी हुन् भन्ने बालबालिकालार्ई बोध गराउनु पर्ने समेत हुन्छ । बाल मनोविज्ञानमा पनि बालबालिकाको मनको कुरा बुझ्न अभिभावकले पनि बालबालिकाले झै व्यबहार गर्नुपर्दछ । बालबालिकालार्ई मन पर्ने सिप सिकाउने र बालबालिकालार्ई उचित रुपमा सामाजिकीकरण गर्नु अभिभावकको अर्को महत्वपूर्ण उत्तरदायित्व हुन्छ । बालबालिकालार्ई सिर्जनात्मक र स्वाबलम्बी बनाउन, उनीहरुलार्ई नैतिकवान र व्यवहारिक बनाउनका लागि आपूm सँगसंगै घरका सामान्य भान्साको काम चिया पकाउने, दुध उमाल्ने, तरकारी काट्ने, खाना बनाउने, करेसाबारीको काममा लगाएर पनि बालबालिकाहरुलार्ई जोखिम हुनबाट जोगाउन सकिन्छ । शारीरिक र मानसिक रुपमा स्वास्थ्य हुन व्यायाम आवश्यक हुन्छ भन्ने बारेमा अभिभावकले उनीहरुलार्ई बोध गराउँदै दैनिकी बनाउँदा यसलार्ई समेत अभिभावकले विशेष ध्यान दिन जरुरी हुन्छ । बालबालिकासँग बढी घुलमिल भई उनीहरुको विचार, इच्छा र आवश्यकताको आधारमा सघाउन सकिन्छ । टिभी हेर्ने र मोबाईलमा गेम खेलेर एक्लोपन महसुस गरिरहेका बालबालिकाको लागि शारीरिक व्यायाम र योग गर्ने गर्नाले उनीहरुमा स्फुर्ति पैदा भई संयम, सालिन र आटिलो व्यक्तित्व बन्न उत्प्रेरणा दिने साथै बालबालिकासँग नजिकमा रहेर अहिले बालबालिकाहरु रुचाउने र अधिकाशं समय बिताउने संचार माध्यमहरु अनलार्ईन र ईन्टरनेटबाट हुने संम्भावित जोखिमको बारेमा समेत जानकारी गराई जोगाउन सकिन्छ ।
दिनभर बालबालिकाहरुलार्ई एक्लै नछाडने, सकेसम्म पाको मान्छेसँगै राख्ने, बरु, खेत बारी वा बाहिर जाँदा आफ्नो बालबालिकाहरूलार्ई सँगै लिएर जाने, बालबालिकालार्ई समय दिने, सँगै खेल्ने बालबालिकालार्ई घरमा मातृ भाषामा बोल्न सिकाउने गरेर पनि बालबालिकाहरुलार्ई जोखिमबाट जोगाउन सकिन्छ । बालबालिकाले गरेका कामहरुमा हौसला दिने, प्रशंसा गर्ने, आहा कति राम्रो भन्ने जस्ता उत्प्रेरणा जगाउँदै जानु पनि सकारात्मक अभिभावकको भूमिका हो । बालबालिकामा पर्न सक्ने समस्या र जटिलताको अन्त्यको लागि हरेक अभिभावकले आफ्ना बालबालिकासँग भावनात्मक रुपमा नजिक हुनै पर्दछ । उनीहरुले वास्तविक समस्या थाहा नपाएको अवस्थामा हामी अभिभावक उनीहरुबाट भावनात्मक रुपमा टाढा हुन पुग्छौं । उनीहरुलार्ई माया गरेर सम्झाउन र बुझाउन सकिन्छ भन्ने भावना लिनुपर्दछ र यसो गर्न सक्नु पारिवारिक सकारात्मक उत्तरदायित्व र अभिभावकत्व हो ।
(लेखक ः २ दशक देखि बालबालिकाको क्षेत्रमा कार्यरत छन

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>