फैसलाबारे जानकारी दिन अडियो भिजुअल प्रविधि

२०७४ भाद्र ११ गते, आईतवार

काठमाडौ, ११ भदौ । जिल्ला अदालत तेह्रथुमले आधुनिक प्रविधिको प्रयोग गरी दैनिक सुनुवाई हुने मुद्दा र पेशीबारेको जानकारी दिन थालेको छ । सेवाग्राही कार्यालयमा प्रवेश गर्नासाथ अदालतमा सो दिन हुने पेशी, आदेश र फैसलाबारेको जानकारी अडियो भिजुअल प्रविधि जडान गरिएको डिस्प्ले मार्फत प्राप्त गर्न थालेका छन् । सेवाग्राहीले अनलाइनमार्फत घरमै वसी इन्टरनेट मार्फतसमेत जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको सूचना अधिकारी गोपाल खनालले जानकारी दिए । समयानुसार अदालतको सेवालाई आधुनिकीकरण गरेर गुणस्तरीय सेवा दिने प्रयत्न भइरहेको अदालतले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार