फेसबुकले समस्या समाधान गर्यो

काठमाडौं, १९ असार । गए रातिदेखि सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ । ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र देखिने, नखुल्ने लगायतका समस्या भएको हो । प्रयोगकर्ताहरुका अनुसार फेसबुकमा केही तस्वीर, भिडियो तथा अन्य डाटा एक्सेसमा समस्या भएको थियो । समस्या सिर्जना भएलगत्तै फेसबुकले ट्वीट गरेर समस्याबारे जानकारी भएको र यसको समाधानका लागि काम गरिरहेको जनाएको थियो ।
करिब ८ घण्टापछि फेसबुकले अर्को ट्वीट गर्दै समस्या समाधान गरिएको जानकारी दिएको छ । ‘समस्या समाधान गरिएको छ, हामी कुनै प्रकारको असुविधाका लागि खेद प्रकट गर्दछौं ।’ एक वर्ष यता, फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा यस प्रकारका समस्या पटक पटक देखा पर्दै आएको छ । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>