फुटबल मैदान मासेर रुख रोपियो

२०७६ भाद्र २८ गते, शनिबार

काठमाडाैँ, २८ भदाै । अस्ट्रियामा ४९ बर्ष पुरानो फुटबल मैदान मासेर रुखहरु रोपिएको छ। सो मैदानमा करिब ३ सयवटा रुख रोपिएपछि उक्त मैदानमा फुटबल खेल होइन मान्छेहरु जंगल हेर्नका लागि आउने छन्। रुख हेर्नका लागि पैसा तिर्नु पर्नेछ ।
एकैपटकमा ३० हजारले उक्त जंगलको अवलोकन गर्न सक्छन्। रुखको महत्व बारे बुझाउन पैसा लिएको र फुटबल मैदानमा जंगल रोपिएको बताईएको छ। फुटबल मैदानमा जंगल रोपिएको कुराले विश्वको ध्यान तानेको छ।
यसरी रुखको महत्व बारे जनचेतना फैलाउनु प्रमुख उद्देश्य रहेको बताईएको छ। करिब ३ सय रुखले बर्षभरिमा करिब ३५ हजार ३ सय ८० किलो अक्सिजन उपलब्ध गराउने छ। -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु