प्रेम र विवाह ः मनोवैज्ञानिक विश्लेषण – मिलन आफन्त

२०७६ कार्तिक १७ गते, आईतवार

प्रेम र विवाहले मानव जीवनमा ठूलो महत्व राख्दछ । हामी विवाहित जोडीलाई देख्दा पाउँदछौ कि विवाह पछि प्रेम अलि कम हुँदै जान्छ । तर, परिवारिक जीवन सफल बनाउन मानिसमा प्रेमको अत्यन्त आवश्यकता पर्दछ । प्रेमलाई अत्याधिक प्रभावकारी रुपले अभिव्यक्ति गर्ने तपाईको प्रयास, जीवनसाथीको व्यवहारमा भर पर्दछ । आफ्नो जीवन साथीको प्रेमसूत्र जान्न र त्यसलाई स्वीकार गर्न उच्चतम प्रयासको आवश्यकता पर्दछ । प्रेम विभिन्न प्रकारका हुन्छन् । तर, विशेष रुपमा प्रेम शब्दले पे्रमी–पे्रमिका वा पतिपत्नीहरु बीचमा अन्तरआत्मादेखि नै द्रवित भएर बाहिर देखिन आउने भावनात्मक स्वरुप र क्रियाकलापहरु पर्दछन् ।
साँढे दुई अक्षरले बनेको ‘प्रेम’ शब्द अतिनै महत्वपूर्ण छ । सामाजिक चिन्तकहरु मानिसको जीवनमा पे्रमको केन्द्रिय भूमिका हुन्छ भन्ने कुरामा एकमत छन् । अनेकौ दार्शनिक, वैज्ञानिक तथा विचारकहरुले प्रेमका महत्वपूर्ण पक्षहरुलाई उच्च स्थान दिएका छन् । मनोवैज्ञानिकहरु पनि आफ्नो अध्ययन तथा मनन पछि यस्तो निष्कर्षमा पुगेका छन् कि प्रेम पाउनु हाम्रो पहिलो मानवीय भावना हो । आत्मिय आवश्यकता हो । हामी मानवका निमित्त पे्रम यति आवश्यक छ कि यसका सिमाना नै छैन । एकजना प्रसिद्ध प्रचारकको भनाइ छ, “प्रेम नगरिकन हामीले जेजति र जस्तो कुरा पाउँछौ, त्यो अन्तिममा गएर व्यर्थ नै हुन्छ । जीवनमा प्रेम भएन भने सबैैकुरा खाली नै हुन्छ, अनि जीवन निरस हुन्छ ।” जीवनमा तीनवटा चीजको अति नै महत्व छ– विश्वास, आशा र प्रेम । तर, यिनीहरुमध्ये प्रेमनै महान् मानिएको छ । पे्रमले नै घनिष्ठता र निकटकतामा ल्याउदँछन् । शान्ति तथा आनन्द दिलाउने काम गर्दछ । प्रेम प्रशस्त मात्रामा पाएर मात्र बच्चाहरु वयस्क र जिम्मेवार बन्न सक्दछन् । प्रेम नभईकन जुनसुकै बच्चा पनि भवनात्मक रुपले समाज भित्र न्युन रुपमा मात्र विकसित भएर बस्न सक्छन् र त्यतिकै रुपमा विकसित भएका पनि छन् । प्रेममा डुब्नका निमिक्त पनि सर्वप्रथम पे्रम नै चाहिन्छ । अनि जबसम्म हामी जीवित रहन्छौँ, तबसम्म यसको आवश्यकता परिनै रहन्छ । कसैद्वारा प्रेम, माया ममता पाउनु भनेको पनि मुख्य रुपमा हाम्रो प्रकृति हो, त्यसैले होला, आफ्नो जीवन साथीद्वारा इच्छा गरिनु वा मन पराउनु अथावा प्रेम गरिनु हरेक व्यक्तिको आकांक्षा भित्र नै पर्छ ।
मानव जातिको अस्तित्वमा कसैद्वारा गरिने भित्री इच्छा लुकेर बसेको हुन्छ, यही इच्छा पूर्ति अथवा अन्तरंग सम्बन्धको परिपूर्तिका निमित्त विवाह गर्ने व्यवस्था गरिएको हो । यस कारण पतिपत्नीलाई एक रुप वा एक रथका दुई पाङग्रा भनिएको हो । यसको यस्तो पर्दा पनि लगाउन खोजिएको होइन, उनीहरुले आफ्नो व्यक्तिगत अस्तित्व नै गुमाउनु पर्छ वा गुमाउँछन् । बरु उनीहरुले एक अर्काको जीवनको गहिराइ र घनिष्ठ सम्बन्धद्वारा आन्तरिक सम्बन्धतिर प्रबेश गर्छन्, उनीहरुको बीचमा आत्मियता बढेर जान्छ । मानिसहरुका व्यवहारमा प्रेमको स्थान अति नै महत्वपूर्ण छ तर यसका अनेकौँ आयामहरु छन् । तिनीहरुको ब्याख्या छुट्टै छ । वैबाहिक सम्बन्ध प्रेम र अन्तर आत्माको मिलनका निमित्त नै बनाइएको हो, त्यसलाई बढाउन नै यस्तो सम्बन्ध गाँसिन्छ । विवाह नै त्यो ठाँउ हो, त्यो काम हो जुन ठाउँमा (प्रेम माया पिरती) को गाग्रोलाई भर्न सकिन्छ । जतिखेर पे्रम दुबैतर्फ समान हुन्छ तब विवाहको प्रस्ताव राख्न सुर गर्नुपर्छ किनभने सबै मानिसहरुले यस कुरालाई स्वीकार गरेका छन्, प्रेममा डुब्नु नै राम्रो र सुखदायी वैवाहिक जीवनका आवश्यक जग हो । विवाह हुनुभन्दा पहिले हाम्रो सपनाहरु वैवाहिक जीवनको सुख र आनन्दका बारेमा हुन्छन् । जब तपाई प्रेममा डुब्नु हुन्छ तब अरु कुरामा विश्वास गर्नपनि गाह्रो हुन्छ । त्यसैले भनिन्छ प्रेम अन्धो हुन्छ । यदि कुनै व्याक्ति नै प्रेममा डुबेको अनुभव व्यक्त गर्छ भने उसले आफ्नो चरम सीमासम्म रोमान्चित हुन्छ । हामीहरु भावानात्मक रुपले एकले अर्काेसित यति धेरै पे्रम गर्छाै कि हरेक समय एकअर्काको विषयमा सोचिरहेका हुन्छौँ । हामी जीवनभरि एकअर्काको गालामा म्वाई खान थाल्छौ अनि अँगालो मार्न पायौँ भने विवाह र परम आनन्दको सपना अझ बलिया भएर जान्छ ।
हामी दुई दम्पतीका लागि पे्रमभन्दा ठूलो कुरा केही हुन सक्दैन । हामीहरु एकअर्काको सुन्दरता र आकर्षणमा नै आवद्ध हुनेछौ । यो समय यस्तो–यस्तो हुन्छ, जसले हामीलाई प्रेममय जीवनको सबैभन्दा अचम्मको अनुभव भएको प्रतिक हुन्छ । हामीले पे्रमको वास्तविकता थाहा पाउनु पर्दछ । एक मानिस पे्रमको साथसाथै व्यवहारिक बन्दछ, त्यतिखेर इच्छा आकाँक्षाहरुमा फरक आउन थाल्छ । तर, पतिपत्नीले सम्झौता गरेर आफ्नो जीवनयात्रालाई अगाडि बढाउनु पर्दछ । जीवनमा फोटो ल्याउनु हुँदैन । वैवाहिक जीवनमा सच्चा प्रेम त्यति बेला मात्र सुरु हुन्छ, जतिबेला त्यसप्रति आशक्तिपनाले मरिमेट्ने कामलाई त्याग्न सकिन्छ । त्यसपछि सहज र यथार्थ अवस्थामा स्थायी पे्रम कायम हुन सक्छ । वास्तविक प्रेम भनेको त्यो पे्रम हो जुन सोचविचार गरेर, तर्क वितर्क गरेर छानिएको विकसित अवस्थामा हुन्छ । इन्द्रियको आवश्यकता पुरा गर्नै क्रिया त बासना मात्र हो । हामी सबैले यस्तो भावनाको विकास गर्न सक्नु पर्छ । “मलाई माया दिन तथा गर्न कसैको आवश्यकता छ । मलाई उसले छानोस्, प्रेम गर्नका निमित्त त्यस्तो कुनै राम्रो गुण देखोस् अनि मात्र सही प्रेम हुन र गर्न सकिन्छ ।” पे्रमका निमित्त अनेकौँ प्रयास र अनुशासनको समेत आवश्यकता पर्छ । यो त आफ्नो इच्छाद्वारा आपूmले चाहना गरेको व्यक्तिले समेत फाइदा लिन सकोस् भन्ने हुनुपर्दछ । यस्तो खालको प्रेमद्वारा आपूmले चाहेको व्याक्तिको जीवन पनि खुसी समृद्धिशाली हुन्छ भन्ने कुरालाई पुष्टि गर्ने खालको हुन्छ । प्रेममा डुबुल्की मार्ने अवस्थामा पे्रमी–पे्रमिको गुणलाई पनि महत्व दिनुपर्दछ । रुपमा मात्र डुबेर प्रेम गर्नु हुँदैन । आफ्नो मान्छेको बानी व्यहोरा, बुद्धि, इच्छा, प्रतिष्ठा सबैको ध्यान दिनु पर्दछ । आवेश र हतारमा आएर गरिएका कुनै पनि काम लामो समयसम्म चल्न सक्दैन । त्यसमा पनि प्रेम त अवस्थाअनुसार अति कोमल हुन्छ । वैवाहिक जीवनमा वास्तविक प्रेमको अत्यन्तै महत्व छ ।
जसको जीवनसाथीको भावनात्मक प्रेमको गाग्रो भरिएको हुन्छ, उसैको प्रेमको सुरक्षाको अनुभव गर्न सक्छ । त्यसबाट नै सम्पूर्ण संसार रङ्गीन देखिन थाल्छ, जतासुकै उज्यालो देखिन थाल्छ । खुसियाली उत्पन्न हुन थाल्छ अनि पछि आफ्नो जीवनकोे खुसीयालीको उचाइसम्म सजिलै पुग्न सक्छ । मानिसले गर्ने पे्रम भनेको स्वच्छ मनोभवना र राम्रो व्यवहारद्वारा नै गर्न सक्छ । मानिस ढुंगालाई देवता मान्न सक्छ भने एक मानवले अर्काे मानवलाई प्रेम गर्न किन सक्दैन ? तर, मानवले मानव बन्न सक्नुपर्छ, दानव होइन । हुन त प्रेममा डुबेको अनुभव अति नै रोमान्चक हुन्छ तर त्यो थोरै समयका लागि आत्मकेन्द्रित हुन्छ । जुन प्रेमले तपाईको जीवनसाथीको भावनात्मक अवस्था प्रेममा साँचो रुपले योगदान दिन्छ, त्यो तकर्, इच्छा र अनुशासनमा आधारित हुन्छ । यसैगरी नै प्रेममा परिवर्तन र पूर्णताको सम्भावना रहेको हुन्छ ।
पतिपत्नीले वैवाहिक जीवनमा प्रेममय वातावरण ल्याउन एक अर्काको तारिफ गर्न पछि पर्नु हुँदैन, नियमित रुपमा गरिएको प्रयोगले वैवाहिक जीवनमा उच्च स्तरमा उठाउन सकिन्छ । पति देवले कुनै राम्रो काम गर्नुभयो भने त्यसको प्रशंसा गर्न पत्नी पछि पर्नु हुदैन भने पत्नीको रुपको समेत पतीले खुलेरै तारिफ गर्नु पर्दछ । तब मात्र वैवाहिक जीवन सफलताको गोरेटोमा अगाडि बढ्न सक्दछ । आफ्नो जीवनसाथीको लागि उत्साहवद्र्धक या प्रेरणा दिने खालका शब्दहरु प्रयोग गर्नु पर्दछ । उत्साहको अर्थ हो– साहस दिलाउनु, हौसला दिनु । हामी सबैजनाले कुनै न कुनै ठाउँमा असुरक्षाको अनुभव गर्छाै, हामीमा साहसको कमी हुन्छ, यसैको कमीको कारण जतिसुकै राम्रो काम गर्न चाहे पनि गर्न सक्दैनौँ । तपाईंको जीवनसाथीको भित्र अन्तरआत्मामा लुकेको योग्यता, क्षमता त्यतिबेला मात्र देखिन सक्छन्, तब तपाईले उत्साह बृद्धि गर्ने खालका शब्दहरुको प्रयोग गरेर उसित बोल्नुहुन्छ, तब उसमा रहेको असुरक्षाको भावना समाप्त भएर जान्छ । तपाईका उत्साहपूर्ण शब्दले तपाईकै जीवनसाथीको लागि जीवनको पहिलो कदम चाल्नका लागि आवश्यक र साहसिलो प्रेरणा दिन सक्छ ।
प्रेममा गल्तीहरुका हिसाब–किताब राखिनु हुन्न । प्रेममा बितिसकेका समय र कामको असफलताको पनि कुनै महत्व रहँदैन, यसको लेखाजोखा गरिँदैन । हामीहरुमध्य कोही पनि आदर्शवान छैनौँ । दाम्पत्य जीवनमा हामी सबैले सबै काम ठीक गर्छौ भन्ने हुँदैन । हामीमध्ये कतिले कैयौँ पटक आफ्नो जीवनसाथीलाई भावनात्मक चोट पु¥याएका छौ । जेहोस् हामीले अतितलाई बदल्न सक्दैनौँ तर आफ्ना गल्तीहरुलाई भने सहजै स्वीकार गर्न र सच्याउन सक्छौ । जति खेर कुनै गल्ती गर्छौ त्यतिखेर सच्चा हृदयले माफी माग्यौ भने त हामीसित न्यायमा माफीको विकल्प रहँदैन । यदि हामीले एकअर्काप्रति अन्तरंग सम्बन्धमा, आत्मीयता बनाइएको हो भने हामीले एकअर्काको इच्छा, भावना जान्न आवश्यक हुन्छ । यदि हामीले आपसमा प्रेम गर्न चाहन्छौँ भने आफ्नो पे्रमी वा पे्रमिकाले के चाहेको छ भन्ने कुरा बुझ्नुपर्छ । आफ्नो जीवनसाथीको भावना बुझेर काम गरे मात्र वैवाहिक जीवन सफल हुनेमा कुनै शंका छैन । हामीले हिजोका दिनहरुको असफलताबाट मुक्त भएर वर्तमानको दिनहरुमा आनन्दले बाँच्नका निमित्त प्रतिज्ञा गर्न सक्छौ । माफी दिनुभनेको प्रेमको अभिव्यक्ति हो । गल्तीको बदलामा म तिमीलाई माया गर्छु मैले तिम्रो ख्याल राखेको छु, मैले विर्सिएको छैन, त्यसैले तिमीलाई माफ गर्ने सोचाई बनाएको छु । तिमी मेरो जीवनसाथी हौं, त्यसैले हामी दुईजना मिलेर एकै साथ हिँडौँ, एकै साथमा बसौं ।” जस्ता शब्दहरु दयालु भावानामा भर्नमा एकअर्काको प्रेमलाई सजिब बनाउँदछन् ।
प्रेमले आग्रह गर्छ माग गर्दैन । विवाहित जोडीले आत्मीयतालई विकसित गर्ने हो भने त एकले अर्काको इच्छा जान्न आवश्यक हुन्छ । त्यसैगरी एकअर्काेप्रति प्रेम गर्न चाहन्छन् भने त आफ्नोसामु रहेको व्यक्ति वा मन पराएको व्याक्तिले के कुरा चाहेको छ, त्यो कुरा बुझ्नु पर्दछ । जब तपाईले आफ्नो जीवनसाथीसित आग्रह गर्नुहुन्छ, तब तपाईले उसको योग्यता र स्वाभिमानीलाई सकारात्मक समर्थन दिनु हुन्छ । उसित पनि क्षमता छ, उसले केही गर्न सक्छ भन्ने भावना दर्शाउनु हुन्छ भने तपाईका लागि अर्थपूर्ण तथा महत्वपूर्ण हुन्छ । एकले अर्काे व्यक्तिलाई गरिएको आग्रहमा छनोट गर्न पाउने तत्व लुकेको हुन्छ । तपाईको साथीले त्यो आग्रहलाई स्वीकार गर्न पनि सक्छन्, किनभने प्रेमको अर्थनै छनोट गर्नु हो । जुनसुकै प्रेमी र प्रेमीकाको बिचमा आपसी विश्वास र सहमतीका कारणले नै प्रेम दिगो हुन्छन् ।
प्रचलित अंग्रेजी उक्ति छ जीवनमा सफलता प्राप्त गर्ने एउटा सिद्धान्त छ, त्यो हो –प्रेम गर्न सिक्नु । पे्रमलाई दिगो बनाउने हो भने पतिपत्नी एकै साथमा बसेर समय व्यतित गर्नु पर्दछ । पतिपत्नी शान्त वातावरणमा आनन्द बसेर, दिनमा केही समय मात्र भए पनि आफ्ना मनोभाव व्यक्त गर्न सक्नुपर्छ, त्यस्तो प्रतिवद्ध समय नै प्रेमको सूत्र भित्र पर्छ । पतिपत्नी सोफामा बसेर टि.भी. हेर्नुभन्दा त्यसलाई बन्द गरेर एकले अर्काेलाई हेर्ने, एक आपसमा कुरा गर्ने (चाहे आफ्ना मनोभाव हुन वा घरायसी र व्यवहारिक हुन्) गर्नुपर्दछ । यसको अर्थ यो पनि हो कि एकै साथमा मिलेर घुुम्न जानु वा कुनै रेष्टुरेण्ट अथवा होटलमा खाना खान जानु अनि आमने–सामने (मुखामुख) भएर कुरा गर्नु । प्रतिवद्ध समयको मुख्य उद्देश्य हो, सँगसँगै बस्नु एकत्वपन मेरो अर्थमा भने निकटता मात्र होइन । एकै साथमा बस्नुको अर्थ हो, एक अर्कासित केन्द्रित रहेको एकाग्रता । हामीले एकै साथमा बसेर एकै खाले सोच विचार तथा समानताको आधारमा जीवन चलाउनु अनि जीवनसाथीप्रति एकाग्र रुपमा ध्यान दिनुपर्दछ । कुनै समान गतिविधिमा समय विताउनु वा राम्रो कुराको प्रदर्शन गर्नु भनेको एकले अर्काेप्रति ध्यान दिनु हो । किनकि हामीहरु एक अर्काेसित मिलेर काम गर्न मन पराउँछौ । वैवाहिक जीवनलाई प्रेममय बनाउन पतिपत्नीले बोलीचालीमा पनि ध्यान दिनुपर्दछ । सहानुभूती पूर्ण वार्तालाप जसमा दुईजनाले आफ्नो अनुभव, विचार, भावना र इच्छा मित्रता पूर्ण पृष्ठभूमिमा आदानप्रदान गर्नसक्छन् । यस विषयमा पतिपत्नी चनाखो हुनुपर्दछ । प्रतिवद्ध कुराकानीमा सहानुभुतिपूर्वक कुरा सुन्नु मात्र होइन, त्यति नै मात्रामा बोल्न पनि आवश्यक हुन्छ ।
उपहार ः प्रेम र विवाहको अभिन्न अंग हो । सबैखाले संस्कृतिमा उपाहार दिनु भनेको प्रेम र विवाहको प्रक्रियामा एउटा अटुट अंग नै मानिन्छ । उपहार दिनु र लिनु प्रेमको अभिव्यक्ति पनि हो । उपहार भनेको प्रेमलाई देखाउने खालको प्रतिक हो । उपहारलाई विचारको सूचक पनि भन्न सकिन्छ । उपहार भनेको एक रुपैयाँ पनि एक करोड जस्तै हुन सक्छ । उपहारको छनोट गर्नु पनि एउटा ठूलो कला हो । आपूmलाई मनपर्ने मानिसलाई आफ्नो रोजाईको उपहार दिनु भनेको महान् कार्य हो । प्रेम र विवाहमा धेरै कुराले महत्व राख्दछन् । त्यसलाई यति सानो लेखमा समेट्ने असम्भव छ तर पनि प्रेम र विवाहमा मनोवैज्ञानिक ढङ्गले विश्लेषण गर्ने प्रयत्न ग¥यौं । हामी पनि एकअर्कालाई माया ग¥यौं र विश्वलाई प्रेममय बनाऔँ… ।

प्रतिक्रियाहरु