प्रवासी संघसंस्थाद्वारा सरकारी धरपकड र गिरफ्तारीको भर्त्सना

२०७४ मंसिर १६ गते, शनिबार

काठमाडौं, १६ मंसिर । युरोपका रहेका विभिन्न संघसंस्था र मोर्चाहरुले नेपालमा नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण निर्वाचन बहिष्कार अभियानमा सरकारद्धारा गरिएको तीव्र धरपकड र गिरफ्तारीको कडा रुपमा विरोध गरेका छन् । लामो समयदेखि प्रगतिशील आन्दोलनलाई सहयोग र समर्थन गर्दै आइरहेको नेपाली जनप्रगतिशील मोर्चा युरोप र यस मातहतमा रहेका युरोपभरिका करिब एक दर्जन मोर्चाहरुले नेकपाका करिब एक हजार नेता कार्यकर्तामाथि सरकारद्धारा गरिएको दमनको कडा रूपमा विरोध गरेका हुन् ।
शान्तिपूर्ण रुपमा निर्वाचन बहिष्कारका कार्यक्रम संचालन गरिएको, अस्पतालमा उपचार गराइरहेका, घरमा सुतिरहेका, खेती किसानी काम गरिरहेका, पत्रकारिता गरिरहेका नेकपाका शुभचिन्तकहरुलाई समेत गिरफ्तार गरेर सरकारले गैरकानुनी काम गरेको जनप्रगतिशील मोर्चा युरोपको भनाई रहेको छ ।
नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलसहित युरोपका १० वटा मोर्चाहरुले नेकपाका नेता कार्यकर्ता र शुभचिन्तक जनतामाथि भएको दमनको खुलेर विरोध गरेका छन् । गिरफ्तार सबै नेता कार्यकर्ताहरुको रिहाइका लागि मोर्चाले सरकारसँग अनुरोध समेत गरेको छ ।
युराेपका १० वटा माेर्चाद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :
कथित लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान कार्यान्वयनको हवाला दिंदै सम्पन्न भइरहेको स्ठानीय निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गरिरहेको छ । सारमा यो दलाल तथा संसदीय व्यवस्थाको संरक्षणको लागि भइरहेको निर्वाचन, जनबिरोधी रहेको छ । यो निर्वाचन र यसबाट बन्ने संरचनाले देशलाई पराधिन बनाउने, भ्रष्ट्राचार, कालोबजारी, अराजकता, महंगी बढाउने र देशलाई झन गरिबीतर्फ धकेल्ने र अन्तमा पराधिन बनाउने निश्चित छ ।
यो निर्वाचन राष्ट्र हितमा नभएको ठहर गर्दै यस्का सम्पूर्ण प्रकृयालाई खारेज गरी देशलाई स्वाधिन र नेपाली जनतालाई सबैखाले उत्पीडनबाट मुक्त गर्दै समुन्नत राष्ट्र बनाउनको लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि आह्वान गर्दै आएको छ । आफ्नो अभियानको क्रममा नेकपाले शान्तिपूर्ण रुपमा गरेको जनसभा, पर्चा पोष्टर टांस्ने कार्यक्रम, भित्तेलेखन जस्ता कार्यक्रमहरुमाथि हस्तक्षेप गर्दै शान्तिपूर्ण अभियानमा रहेका नेता तथा कार्यकर्ताहरुलाई सुरक्षकर्मीहरुले गैह्रकानुनी रुपमा पक्राउ गरेका छन् । अस्पतालमा उपचार गराइरहेका, कक्षाकोठामा अध्ययन गरिरहेका, राति घरमा सुतिरहेका, खेतबारीमा काम गरिरहेका व्यक्तिहरु, रिपोर्टिङ्गको क्रममा रहेका पत्रकारहरु लगायतलाई सयौंको संख्यामा अन्धाधुन्द पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई मानसिक तथा भौतिक रुपमा कठोर यातना दिएर आतंकित परेको छ । त्यस्तै गरेर नेकपाका नेता तथा कार्यकर्ताहरुको परिवारलाई अनावश्यक यातना दिइरहेको छ ।
यसरी नेपालमा सारत शान्तिपूर्ण रुपमा विचारको अभिव्यक्त गर्न पाउने जनताको अधिकारमाथि राज्यद्वारा नाङो प्रहार तथा मानवअधिकारको गम्भिर उल्लंघन भइरहेको छ । राज्यका यस्ता हर्कतहरुले दलाल तथा संसदीय व्यवस्थाको कथित लोकतन्त्र अन्तत: दलाल फासीवादमा पतन भएको पुष्टि गरेको छ । जसको परिणाम स्वरुप देशमा जनताको स्वस्फुर्त प्रतिरोधका घटनाहरु बढ्न थालेका छन् । तसर्थ निकासहिन दलाल संसदीय व्यवस्थाको चुनावी अभियानलाई खारेज गरी क्रान्तिकारी तवरबाट राजनैतिक निकासको खोजी गर्न, जनताको शान्तिपूर्ण रुपले विचारको अभिव्यक्त गर्न पाउने स्वतन्त्रताको सुनिश्चितता गर्न, राज्यद्वारा गिरफ्तार तथा नियन्त्रणमा राखिएका सर्वसाधारण जनता साथै राजनीतिक कार्यकर्ताहरुलाई भौतिक र शारिरीक यातना दिने कार्य बन्द गर्न तथा चुनाव खारेजी अभियानमा पक्राउ परेका नेकपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई यथाशिघ्र रिहा गर्न हामी नेपाल सरकारलाई यही विज्ञप्तिमार्फत आह्वान गर्दछौं ।
विष्णु भुजेल, अध्यक्ष नेपाली जनप्रगतिशील मोर्चा, यूरोप
मेख तमु, अध्यक्ष नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम
शेर बहादुर तुम्बापो, अध्यक्ष नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी
इन्द्र न्यौपाने, संयोजक नेपाली जनप्रगतिशील मोर्चा,पोर्चुगल
इश्वर शर्मा, संयोजक नेपाली जनप्रगतिशील मोर्चा,स्पेन
बुद्धी तामाङ्ग, संयोजक नेपाली जनप्रगतिशील मोर्चा,अष्ट्रिया
सुवर्णबाबु सापकोटा, महासचिव नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा,पोल्याण्ड
टिएन रिजाल संयोजक नेपाली जनप्रगतिशील मोर्चा, बेलायत
बदन योङ्गहाङ्ग अध्यक्ष नेपाली जनजाती सरोकार मन्च, बेल्जियम

प्रतिक्रियाहरु