प्रवासी नेपाली जनसमाजद्वारा भारतीय अतिक्रमणप्रति आपत्ति

२०७६ कार्तिक २६ गते, मंगलवार

काठमाडौँ , २६ कार्तिक । प्रवासी नेपाली जनसमाज भारतले भारत सरकारले नेपाली भूमि अतिक्रमण गरेकोमा त्यसप्रति घोर आपत्ति प्रकट गरेको छ । जनसमाजका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक आजादसेन थापाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारत सरकारले हालै प्रकाशित गरेको आफ्नो देशको नयाँ नक्सामा ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि कालापानी र त्यसपछि अतिक्रमण गर्दै आएको लिम्पियाधुरादेखि लिपुलेकसम्मका सबै नेपाली भूभागलाई गाभिएको छ । यो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूमिमाथिको भारतीय साम्राज्यवादी अतिक्रमण हो । नेपालको स्वतन्त्रता, सार्वभौमिकतामाथिको नाङ्गो हस्तक्षेप हो ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भारतले अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको पनि अपहरण गरेको छ । हाम्रो सङ्गठन भारतीय साम्राज्यवादी अतिक्रमणकारी नीतिप्रति घोर आपत्ति, विरोध र भत्र्सना गर्दछ । भारतले तत्काल उक्त नक्सा खारेज गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ र यसबारे नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील जनसमुदाय र प्रवासमा रहेका न्यायप्रेमी देशभक्त जनसमुदायहरूलाई संवेदनशील र गम्भीर भई यसको प्रतिकार गर्न एकजुट हुन अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु