प्रधानमन्त्री ओलीको पुत्ला दहन

२०७५ जेष्ठ २९ गते, मंगलवार

काठमाडौं, २९ जेठ । लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । नेपाली कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा ओलीको पुत्ला दहन गरेका हुन् । मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
नेवि संघ नेता सुवास अधिकारीको अगुवाइमा पार्टी कार्यालयबाट मनाङ चौतारा, सेराचोक हुँदै सुरु भएको जुलुस चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । सोमबार साँझ मसाल जुलुसको तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले कडा निगरानी गरेपछि सिटी जुलुस प्रदर्शन गरेका थिए ।

प्रतिक्रियाहरु