प्रधानमन्त्रीलाई खुलापत्र – अग्निपुञ्ज

२०७५ श्रावण २० गते, आईतवार

सम्माननीय प्रधानमन्त्री ज्यू ,
१. सरकार जतिसुकै शक्तिशाली भएपनि व्यवस्था र पद्दति बन्न बाँकी हुदा चामत्कारिक ढंगमा काम हुन र परिवर्तन ल्याउन गाह्रो हुन्छ, यो कुरा जनतालाई प्रष्टसंग बताउनुपर्छ ।
२. जनताले आफ्नो कोणबाट हेर्छन्, जनतालाई सम्पुर्ण पद्दति अनुसरण गरेर काम गर्न र परिवर्तन ल्याउन कति गाह्रो हुन्छ, त्यो थाहा हुदैन । यसबारे गाँऊ-गाँऊमा जनतालाई अभिमुखिकरण गर्ने कार्यक्रम ल्याइयोस् । जनताले अत्येधिक आशा गर्छन् र त्यो पुरा नहुदा आशा चरम निरासामा पैदा हुन्छ, यो जनताको “क्यारेक्टर” हो ।
३. देश नचाँहदा-नचाँहदै संघात्मक राज्यमा ठेलिएको हो, यो जनताको चाँहना थिएन । त्यसैले प्रत्येक प्रदेशको पद्दति, कानुन, नीति/नियम, बनाएर प्रदेश सरकारका मन्त्री, सांसद र कर्मचारी निकायको लागि ट्र्याक पक्डन समय लाग्छ, प्रम कार्यालयबाट गम्भिरतापुर्बक निर्देशन जारि गरियोस् कि प्रदेश सरकारले तुरुन्त ” प्रदेश- गौरब- परियोजना” सुरु गरोस् । आम मानिससंग जोडिने बिकृती/बिसंगत’ ‘क्रप्ट माइण्डसेट’ लाई निर्मुल गर्न बिशेष ‘यक्सन’ थालियोस् । माइण्डसेट बदल्न निर्देशनले मात्रै पुग्दैन। बिश्वमा मानिसहरुको चरित्र/माइण्डसेट बदल्ने अनेक उपायाहरु छन्, त्यतातिर पनि ध्यान दिइयोस् ।
४. स्थानिय जनप्रतिनिधीलाई रफ्तारमा काम गर्नलाई प्रेरणामुलक कार्यक्रमको जरुरी देखिन्छ किनकि, एउटा सृजनसिल दिमाकले मात्र अरुलाई प्रेरणाद्वारा बदल्न सकिन्छ भन्ने सोच्न सक्छ । प्रदेश सरकार र स्थानिय सरकारसंग सम्बन्धित सबैलाई देश बदल्न कसरी सृजनसिल बन्ने भन्ने कुरा सिकाउन र जनताको सृजनसिलतासंग जोड्न जरुरी छ ।
५. बिकृति/बिसंगतिहरु यो देशमा यो सरकार बन्नु भन्दा पहिल्यै थिए । काठमाण्डौंमा खाल्डा-खुल्डी बर्षौं देखि थिए । बाढी नेपालमा बर्षौंदेखि आउने गर्छ । मनसुन नेपालमा सताब्दिऔं देखि नै हुदै आएकै हो । मनसुन आउन बित्तिकै बाढी आउने, डुवान हुने र धनजनको छेति हुने कुरा ओली सरकार बनेपछि भएको होइन । सत्ता इतरका मानिसहरुले यि सबै ओली सरकारको कारण भएको हो भने जसरी प्रोपोगाण्डा सुरु गर्नु दुखद हो । नेपालका प्रतिपछ्यहरुले दशकौं देखि नै सृजनात्मक/रचनात्मक भुमिका नखेल्दा देश पछि पर्यो, हामी पछि पर्यौं, जनता पछि परे, बिकास पछि पर्यो, समृद्दी पछि पर्यो । यो कुरा बुझौं र आफ्नो मानसिक समस्या आजै हटाउनुपर्छ प्रतिपछ्यले । यो कुरा आजको सत्तापछ्यलाई पनि लागु हुन्छ, किनकि प्रतिपछ्य आउदा कार्यकालहरुमा सत्ता पछ्य बन्न सक्छ र सत्तापछ्य प्रतिपछ्य बन्न सक्छ ।
६. देशको बारेमा सोच्ने मानिसहरु कार्यकर्ताको तहभन्दा जनताको तहमा धेरै छन् प्रम ज्यू ! कार्यकर्ताहरुलाई दिनैभर चाकडी गर्ने फुर्सद हुदैन तर जनतालाई चाकडी गर्न आउदैन, उनिहरुले देशको बारेमा चिन्ता गर्छन् र सोचहरु बनाउछन् । ति सोंचहरु राज्यको निकायसम्म पुग्दैनन् । के त्यस्तो कुनै ‘मेकानिजम’ बनाउन सकिएला? ता कि जनताका निस्वार्थ सोंचहरु सिधै माथिल्लो निकायमा पुगोस्‌र त्यसलाई प्रम को लेबलबाट ‘अनुगमन’ गरियोस् ।
७. प्रम ज्यु, इतिहासमा कम्युनिष्ट शक्तिले युगिन अवसर, युगिन अभिभारा र युगिन चुनौतीको त्रिबेणीमा उभिने भब्य अबसर प्राप्त गरेको छ । नेतृत्वकर्ता हुनुको नाताले यसको सबैभन्दा बढि श्रेय प्रम तथा अध्यछ्य #केपी_ओली र अर्का अध्यछ्य #प्रचण्ड लाई जान्छ । यहाँबाट समृद्दी हाँशिल ‌गर्दै अघि बढे नेपालको कम्युनिष्ट शक्ति बिश्व कम्युनिष्ट आन्दोलनकै लागि प्रेरणा बन्ने छ । केहि गरि यो सरकार असफल भयो/असफल पारियो/ र उहि पुरानै चक्र दोहोरियो भने नेपालमा कम्युनिष्ट शक्तिको ‘म्युजियम’ बनाउनु पर्ने हुन्छ । किनकि, यो कम्युनिष्ट सरकारले नगरे कुनै पनि कम्युनिष्ट सरकार/शक्ति माथि जनताको आशा/भरोसा टुट्ने छ ।
८. नयाँ युगमा युगिन मानिसहरुले युगान्तकारी ‘मुभ’ (बोल्ड डिसिजन र एक्सन) लिनुपर्ने हुन्छ । पुराना समिकरण सबै बिर्सेर, गुटका आयामहरु पनि सबै बिर्सेर कम्युनिष्ट नेता/कार्यकर्तालाई अघि बढ्न निर्मम निर्देशन हुन जरुरी छ ।
९. भ्रष्टाचार गर्ने कर्मचारीलाई सिधै अाजिबन कैद, भ्रष्टाचार गर्ने नेताहरुलाई कुनै पिरति बिना नै राजनीति गर्न जिबनभरिको लागि अयोग्य घोषणा, भ्रस्टाचार गर्ने सांसदहरुलाई आउदो ५ बर्षको सबै तलब भत्ता बराबरको रकम राज्यको ढुकुटीमा दाखिला गरि जिबनभर सांसद बन्नै नपाउने घोषणा, भ्रष्टाचार गर्ने स्थानिय सरकारका मानिसहरुको लागि पनि सोहि अनुसारको कारबाहीको ब्यबस्था गरियोस् प्रम ज्यु ।
१०. आंट/हिम्मत/साहस गर्नेहरुले नै इतिहास कोरेका छन्, इतिहास कोर्ने सुन्दर मौकाको सहि सदुपयोग गरियोस् ।

प्रतिक्रियाहरु