प्रदर्शनकारीले घेराबन्दी गरेपछि सरकारी कार्यालयहरु बन्द

२०७६ जेष्ठ ३० गते, बिहीबार

काठमाडौं, ३० जेठ । दशकयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भड्किएपछि हङ्कङका केही सरकारी कार्यालयहरु बन्द गरिएको छ । हङ्कङमा प्रस्तावित नयां सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय सरकारले केही कार्यालयहरु बन्द गरेको हो । आज विहानैदेखि प्रदर्शनकारीहरुले सरकारी कार्यालयलाई घेराबन्दी गरेका छन् । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
प्रहरीले प्रदर्शनकारीमाथि रवरका गोली र अश्रुग्यांस प्रहार गरेको थियो । प्रस्तावित विधेयकमाथि छलफल हुनु अघिको प्रदर्शन हिंसात्मक बनेको हो । हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयकको विरोधमा हजारौँ मानिस सडकका उत्रिएका छन् । विधेयकले हङ्कङका नागरिकलाई मुद्दाको पुर्पक्षको लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेकोमा हङ्कङका व्यवसायीहरूले पनि विरोध गरेका छन् । विरोध हुँदाहुँदै पनि बेइजिङनिकट विधायन परिषद्ले विधेयक पारित गर्ने अपेक्षा गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु