प्रदर्शनकारीद्वारा बग्दादका मुख्य शहरहरु अवरुद्ध

२०७६ कार्तिक १८ गते, सोमबार

काठमाडौं, १८ कात्तिक । इराकमा सरकार बिरोधी प्रदर्शन चरम उत्कर्षमा पुगेको छ । प्रदर्शनकारीहरुले इराकको राजधानी बग्दादका मुख्य शहरहरु अवरुद्ध पारेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ । गत अक्टोबर १ देखि सुरु भएको प्रदर्शनलाई निरन्तरता दिँदै आन्दोलनकारीले ठाउँ ठाउँमा टायर बालेर बिरोध गरेका छन् । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, बेराजगारलाई रोजगारी दिनुपर्ने लगायतका मागसहित सरकारको राजीनामाको माग प्रदर्शकारीहरुको छ ।
प्रदर्शनमा विद्यार्थीदेखि बुद्धिजीवीहरु पनि सामेल छन् । प्रदर्शनकै क्रममा प्रहरीसँगको झडपमा २ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ ।
यसैबीच प्रदर्शनलाई मत्थर पार्न सर्याैंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु