प्रज्वलहरू हामी बिच सधैँ बाँचिरहने छन् – प्रकाश शाही

२०७७ जेष्ठ १२ गते, सोमबार

जेठ १२ तत्कालिन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सिटिईभिटी उपत्यका जिल्ला अध्यक्ष प्रज्वल शाही लगायत कमरेड महान, कमरेड दिपेन्द्र, कमरेड निरन्तरको पहिलो स्मृति दिवस उहाँहरूको बलिदानी र वर्गीय ईमान्दारिताको उच्च सम्मानसहित हार्दिक श्रद्धान्जली, घाईते योद्धाहरू सुरेश दाई, रविन, महेन्द्र, बुद्ध लगायत साथीहरूको स्वास्थ्य लाभको कामना साथै जेल जीवन भोगी रहेका भाई रविन र बुद्धलाई विशेष स्मरण गर्दै सबै आदरणीय आफन्तजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दछु, आफन्तजनको पारिवारिक अभाव पुरा गर्न हामी सक्दैनौं यो सत्य हो तर हजुरहरूसंग हजारौं प्रज्वल, महानहरूसंगै छन्, हजुरहरूका छोराहरूले देखाएको बाटोमा हामी सबैसँगै छौं यसमा सबै प्रिय आफन्तहरूले गर्व गरौँ।
म सबै प्रिय कमरेडहरूलाई नजिकबाट चिन्दथे प्रज्वल, महान, दिपेन्द्र, राजकुमार र निरन्तरलाई तर विशेषत गरि भाई प्रज्वल र कमरेड महानसँग नजिकको सहकार्य पनि थियो उहाँहरूसँगका सहकार्यहरू अझै पनि मानस पटलमा ताजै छ, कमरेड महानसँग हामी दाङ हुदादेखि नै नजिकका सहयोद्घा भएर काम गर्यो । उहाँ सैन्य फाँटको भएकाले उहाँका आफ्नै विशिष्ट कामहरू हुन्थ्ये । हामी विद्यार्थी संगठनको नेतृत्वमा रहेकाले खुला मोर्चामा हुन्थ्यो । संगठनले गर्नुपर्ने कामकाजको सन्दर्भमा उहाँका सल्लाह सुझाव सधैँ उत्साहबर्धक रहन्थे । उहाँ पार्टी संगठनको कामसँगै कलामा रूचि राख्ने हुदा गीत, कविता रचना र विशेष गरि बाँसुरी मिठो बजाउनु हुन्थ्यो । हामी उहाँको कलाका पारखी थियौं भेट भयो की कमरेड केही सुनौं न भन्थ्यौं । उहाँ सजिलै सुनाउनु हुन्थ्यो सारै सहज मिजासको हुनुहुन्थ्यो कमरेड महान म घोराहीमा संगठनको काम र क्याम्पस पढ्थ्ये पहिले हाम्रो बाहिर भेट भए पनि नजिकको चिनजान थिएन । हामी पार्टी भित्रको दुई लाईन संघर्षमा थियौं । मसंग बस्ने साथी प्रचण्ड पक्षिय थिए हामी वैद्य बाको विचारमा थियौं । एकदिन तिनै मेरा साथीसंग हाम्रो कोठामा आएका बेला साथीले उहाँ (महान) पनि तपाईको समुहको मान्छे भनेर चिनाउनु भयो । त्यस यता हाम्रो मित्रता निकै घनिष्ठ थियो पछिल्लो पटक काठमाण्डौमा भेट भएको थियो । भर्खर बुवाको निधनले होला केही दुब्लो देखिनु हुन्थ्यो तर विचार आन्दोलन प्रतिको जिम्मेवारी बोध हिजो भन्दा कयौं बढी देखिन्थ्यो । हामी बिच पारिवारिक र पार्टी आन्दोलनका बिषयमा सामान्य भलाकुसारी भयो मलाई याद छ उहाँले त्यो अन्तिम भेटमा भनेको “कामरेड आफूले सकेको अन्तिमसम्म ईमान्दारितापुर्वक गर्ने हो बाँकी नेताहरूको काम, हुन्छ त कमरेड फेरि भेटौंला” त्यसको करिब एक महिना पछि अनपेक्षित रूपमा सहादतको खबरले निकै स्तब्ध बनायो । केही समय त होईन होला भने साथीभाईलाई खबर गरि बुझ्दा दुर्घटना भएको रहेछ अझ स्तब्ध त तब भईयो जब तेही समयमा घट्टेकुलोको अर्को दुर्घटनामा प्रज्वल शाही पनि परेको भन्ने आयो पछि तथ्य सहित समाचारहरू पनि आए सुरूमा सबै कुरा सपना जस्तै लागे तर यथार्थमा भएको घटनाहरू नपत्याई सुखै थिएन । पार्टीको पूर्व भोजपुरमा दलाल राज्यका जल्लादहरूले निहथ्या राजु घिमिरेलाई गोली हानी हत्या गरेको विरोधमा गरिएको जेठ १३ को नेपाल बन्दको पुर्वसन्धामा भएको प्राविधिक त्रुटीले घटना निम्त्याएको रहेछ प्रष्ट भईयो । हामी राजनैतिक आन्दोलनका योद्धाहरूलाई पार्टी काम जीवन भन्दा प्यारो लाग्छ एक पटक सम्झिए । त्यो सर्वोच्च अदालत अनि भ्रष्ट्र लोकमान सिंह कार्कीलाई कार्वाही गर्दाको त्यो क्षण अनि आफू सम्हाले र मनमनै सोंचे यो मृत्यु मात्र फगत मरण होईन यो दलालहरूको फासीवादी हर्कत विरूद्ध विद्रोह हो, देश र जनतालाई साँक्षी राखेर राष्ट्रघात गर्ने दलाल भ्रष्ट्रलाई निर्मूल पार्ने अभियान पनि हो फेरि गर्वले छाती चोडा भयो की हाम्रो मृत्यु माओले भने जस्तै कपास जस्तो हलुंगो छैन बल्की पहाड जस्तै गह्रौं र लाखौँका लागी प्रेरणादायी छ ।
प्रज्वल भाई आफ्ना कुरा राख्न निर्भिक, साहसी, अत्यन्त सहयोगी र मिलनसार मान्छे थियो । हामी संगठनको बैठकहरूमा संगठनका काम कारवाहीका बिषयमा निकै बहस गर्थ्यौं तर गरिएका निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सबै एकरूपतामा हुन्थ्यो कहिले मतभेद वा आलटाल हुदैन्थ्यो सधैँ उत्साहित भएर संगठनमा जाने र साथीभाईलाई अफ्ठ्योरोमा सहयोग गर्ने मामलामा भाईको क्रियासिलता प्रेरणादायी थियो । पछिल्लो समय पार्टी माथी दलाल सत्ताको प्रतिबन्ध थियो । सरकार र उसका मन्त्रीहरू पार्टीलाई एक महिनामै निमिट्यान्न पार्ने भन्दै उफ्रदै थिए । राष्ट्रघात, भ्रष्टाचार, सामाजिक न्याय र जनजिवीका कष्टकर बन्दै गईरहेको थियो एनसेल करछली, वाईडवडी प्रकरण, निर्मला बलात्कार हत्याकाण्ड जस्ता जल्दाबल्दा मुद्दाले सडक तातिदै थियो तर संगठनका गतिविधि भने अघोषित रूपमा प्रतिबन्धित जस्तै थियो । हामीले आन्दोलन गर्यो की गिरफ्तार गर्ने झुठा मुद्दा लगाउने अवस्था थियो । संगठन एउटा दबाबमा थियो प्रतिबन्ध चिर्नु पर्ने, यसै बीचमा विद्यार्थी एकता दिवस संयुक्त रूपमा मनाउने निर्णय अनुसार तयारी भयो तर सडकमा विद्यार्थीहरूको नेतृत्व गर्ने बिषयमा अन्य संगठन पनि समस्या थियो । हामीसंगको संयुक्त कार्यक्रम भएकाले अन्य साथीहरूमा त्यसो हुनु स्वभाविक जस्तै हुने भयो । त्यस दिन संयुक्त प्रदर्शन सहित रत्नपार्कमा सभा गरियो त्यहाँ भाई प्रज्वल लगायत साथीहरूको निर्णायक अगुवाई थियो । प्रज्वलको प्रतिकूलतामा पनि आफूलाई सहज पार्दै संगठनको निर्णय कार्यान्वयनमा खरो उत्रने कुराको संगठनका अरूका लागी सिक्ने विषय थियो । ऊ साथीभाईहरूलाई परिचालन गर्ने नारा लगाउने नेतृत्वलाई फिल्डको जानकारी गराउने गराउने सन्दर्भमा एउटा भरपर्दो फिल्ड कमाण्डर थियो । बझाङदेखि काठमाण्डौंमा राजनीति गर्ने ऊ आफ्ना स-साना भाईबहिनी सहित हुदा पनि कहिले संगठनमा आफ्ना समस्या बाधक भएनन्, यो गर्नु पर्यो, यसो भएन ,उसो भएन कहिले भनेन समग्रमा उठेको चेतना थियो । प्रज्वलमा संगठनलाई आगामी दिनमा नेतृत्व गर्ने गरि उदाउदै गरेको होनहार यूवाको थियो तर उसको सहादतले पार्टी संगठनमा जुन अपुरणीय क्षति भयो । सायद त्यसको भरपाई गर्न पार्टी संगठनलाई मुस्कील हुने छ । तर प्रज्वल, महान लगायत साथीहरूले देखाएको बलिदानको बाटो एकिकृत जनक्रान्ति मार्फत यो विभेद युक्त राज्य बदल्नमा श्रमजिवी वर्गको नेतृत्व र समुदायलाई युगयुग प्रेरणा बन्ने छ । फेरि पनि महानसँगको त्यो भेटको “अन्तिमसम्म वर्गप्रति ईमानदार भएर काम गरौं” भन्ने उद्गारलाई हाम्रो जीवन व्यवहारमा लागु गरौं यही नै साँचो अर्थमा प्रज्वल लगायतको सहादतको मुल्य र सबै सहिदहरू प्रति सच्चा हार्दिक श्रद्धान्जली हुने छ ।
साथीहरूको सहादत र बलिदानले हामी जीवित रहनेहरू आफ्नो वर्गप्रतिको जिम्मवारीबाेध र आदर्श जीवनका लागी संधै परिक्षा लिई रहनेछ । भौतिक रूपमा हाम्रा बीचमा नभए पनि प्रज्वल लगायत सबै वीर सपुतहरू हाम्रो बिच सधैँ बाँचिरहने छन्, विश्व भरका लाखौं मेहनतकस जनताहरूका प्रेरणाका श्रोत रहने छन् । वीर सहिदहरू अमर रहुन !!

प्रतिक्रियाहरु