प्रचण्डलार्इ चेतावनी : अचानक फड्को हान्दा बिचैमा खसेर बेहाल होला नि

२०७४ माघ २८ गते, आईतवार

काठमाडौं, २८ माघ । शनिबार चितवनमा गुम्बा उद्घाटन कार्यक्रममा प्रमुख अतिथी बनेर गएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफ्ठ्यारो आइलागे अर्को फड्को हानिन्छ भन्ने अभिव्यक्ति दिए । प्रचण्डले बोलेको उक्त अभिव्यक्ति प्रति एमाले सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् । उनले प्रचण्डलाई अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल हुनुपर्ने चेतावनी समेत दिएका छन् ।
‘अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल पनि त हुन सकिन्छ नि कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभंग, महाबिपत्ति जस्ता शब्दहरू उपन्यासकारतिर पन्छाइदिए राम्रो होला कि ?’ योगेशले ट्विटरमा लेखेका छन् ।
प्रचण्डले राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको भन्दै ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु । मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’ यही अवस्थामा फर्किने पुल भत्काईसक्यौं भन्ने प्रचण्डको फड्को मार्ने अभिव्यक्ति पछि एमालेका नेताहरुले पनि यसको जवाफ तात्तातै फर्काएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु