प्रचण्डका पछाडि किन लागिरहेका छन् पुराना माओवादीहरु ? – हस्तबहादुर केसी

२०७६ पुष २० गते, आईतवार

आज माओवादी आन्दोलन दुई धारामा विभाजित भएका छन् । त्यसमा पहिलो धारा हो नवसंशोधनवादी प्रतिक्रियावादी धारा, जसको प्रतिनिधित्व पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो अध्यक्षका हैसियतले गरिरहेका छन् । दोस्रो धारा हो माक्र्सवादी क्रान्तिकारी धारा, जसको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) गरिरहेको छ । क्रान्तिकारी माओवादीको नेतृत्व मोहन वैद्य ‘किरण’ ले गरिरहेका छ । यस अतिरिक्त क्रान्तिकारी धारामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) लगायतका साना कम्युनिस्ट पार्टी र समूहहरु रहेका छन् ।
सर्वविधितै कुरा हो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेतृत्व, पहलकदमी र योजनामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उद्देश्यका १० वर्षसम्म भीषण जनयुद्ध सञ्चालन गरियो । माओवादीमा दशौँ हजार शहिद बने । हजारौं घाइते र अपांग बन्न पुगे भने हजारौंको संख्यामा तत्कालीन राज्यद्वारा विपत्ता पारियो । आजसम्म राज्यले उनीहरूलार्ई सार्वजनिक गरेको छैन । सरकारतर्फबाट समेत गरी करिब १७००० नागरिकहरुको ज्यान गयो । पुष्पकमल दाहाल प्रचण्ड–बावुराम भट्टराईले नेतृत्व गरेको १० वर्षेे जनयुद्ध विजयको नजिक पुगिसकेकै अवस्थामा नेतृत्व गरिरहेका प्रचण्ड–बावुराममा वैचारिक विचलन आयो । त्यसक्रममा तत्कालीन माओवादीका वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ भारतको सिलिगुढी जेलमा र अर्का नेता सीपी गजुरेल ‘गौरव’ भारतको चन्नाई जेलमा कैैद गरिएको थियोे । यता २०६२ असोज–कार्तिकमा माओवादीको चुनवाङ बैठक सम्पन्न गरियो । त्यस वैठकले जनयुद्धको कार्यक्रम स्थगित गरेर संविधानसभामार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरिने भन्दै ‘लोकतान्त्रिक गणतन्त्र’ कार्यदिशा पारित ग¥यो । पहिले तत्कालीन नेकपा (एमाले) सित ६ बुँदे संझौता ग¥यो भने २०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा तत्कालीन नेपाली काँग्रेस, एमालेसमेतका सात संसदवादी राजनीतिक दलहरुका बीचमा १२ बुँदे संझौता सम्पन्न गरियो । त्यही १२ बुँदे सम्झौता र १० वर्षेे जनयुद्धको जगमा टेकेर २०६२–६३ को १९ दिने ऐतिहासिक जनआन्दोलन सम्पन्न भयो ।
यसकै जगमा टेकेर २०६३ मंसिर ५ गते तत्कालीन विद्रोही माओवादी र नेपाल सरकारका बीचमा बृहत् शान्ति सम्झौता सम्पन्न भयो । त्यसकै आधारमा संयुक्त राष्ट्रसंघ अनमिनको निगरानीमा माओवादीका जनमुक्ति सेना र हतियारहरु ठूला ७ र साना २१ गरी २८ वटा केन्टोन्मेन्टमा राख्ने व्यवस्था गरियो । यसकै आधारमा २०६३ माघ १ गते अन्तरिम संविधान घोषणा गरियो माओवादी ८३ जना आफ्ना सांसदसहित संसदमा प्रवेश ग¥यो । २०६३ चैतमा पुगेर तत्कालीन माओवादी अन्तरिम सरकारमा सामेल भयो । यसै सिलसिलामा २०६४ चैत २८ गते ऐतिहासिक पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरियो । संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित भएका कारण पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गरियो । २०६५ जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकले २४० वर्षेे शाहवंशीय सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर गणतन्त्रको घोषणा गरियो । यस परिघटनाले नेपालको राजनीतिमा ठूलो परिवर्तन आयो ।
२०६५ मंसिरमा सम्पन्न माओवादीको खरिपाटी बैठकले संविधानसभामार्फत् “साम्राज्यवाद – सामन्तवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक – जनसंविधान) संविधान निर्माण गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशा पारित ग¥यो । तर, प्रचण्ड–बावुरामले पार्टीले तय गरेको जनसंविधान निर्माण गर्ने कार्यदिशालार्ई रणनीतिमा बदलेर संसदीय ‘शान्ति र संविधान’ भन्ने संसदीय पुँजीवादी कार्यदिशा पक्रेर संसदीय भाषमा डुब्न थाले पनि पार्टी भित्र वैचारिक संघर्ष भीषण बन्दै गयो । २०६७ मंसिरमा सम्पन्न पालुङटार प्लेनमले पनि खरिपाटी राष्ट्रिय भेलाले पारित गरेको कार्यदिशालार्ई नै कार्यान्वयन गर्ने नीति पारित ग¥यो ।
२०६८ बैशाख र जेठमा पुगेर प्रचण्ड–बावुरामले पार्टीले तय गरेको कार्यदिशालार्ई लत्याएर संसदीय कार्यदिशालार्ई नै पकड्न पुगे र २०६९ जेठ १४ गते मध्यरातमा संविधानसभाको विघटन गरेर २०६९ कार्तिक ४ गते दोस्रो संविधानसभाको निर्वाचनको घोषणा गरे पछि तत्कालीन माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणको नेतृत्वमा तत्कालीन प्रचण्ड–बावुरामले नेतृत्व गरेको एमाओवादीबाट विद्रोह गरेर २०६९ असार २–५ को बौद्ध भेलाबाट नेपाल कम्युनिस्ट पार्टी – माओवादीको मोहन वैद्य किरणको नेतृत्वमा गठन हुन पुग्यो । यसरी १० वर्षको नेतृत्व गरेर आएको माओवादी पार्टी दुई धारामा विधिवत् रुपमा विभाजित हुन पुग्यो । प्रचण्डले नेतृत्व गरेको दक्षिणपन्थी एवम् नवसंशोधनवादी धारा नेकपा (माके) हुँदै पहिले नै प्रतिक्रियावादमा पतन हुन पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा विलय हुन पुग्यो । अहिले ओली नेतृत्वको प्रतिक्रियावादी सरकारमा सामेल भइरहेको छ भने अर्को मोहन वैद्य किरणले नेतृत्व गर्दै आएको क्रान्तिकारी धाराले ड्यास माओवादी हुदै नेकपा (क्रान्तिकारी माओवादी) क्रियाशील भइरहेको छ र सशस्त्र जनविद्रोहमार्फत् नेपाली क्रान्ति सम्पन्न गर्ने तयारी गररिहेको छ ।
यसरी आज नेपाली माओवादी आन्दोलन क्रान्तिकारी माक्र्सवादी धारा र दक्षिणपन्थी नवसंशोधनवादी प्रतिक्रियावादी धारा गरी प्रस्ट रुपमा दुई भिन्न धारामा विभाजित हुन पुगेको छ र दक्षिणपन्थी नवसंशोधनवादी प्रतिक्रियावादी धारा निकै बलियो बनेको छ भने क्रान्तिकारी धारा आत्मगत अवस्था कमजोर छ । क्रान्तिकारी युद्धको नेतृत्व गरेर अगाडि बढ्ने क्रममा शत्रुद्वारा भीषण दमन भएर नेताहरु जेल पर्ने, भौतिक कारवाहीमा परेर क्रान्तिकारी आन्दोलन पछाडि पर्ने जस्ता परिघटनाहरु घट्न सक्छन् । जस्तो पेरुमा पेरुभियाली कम्युनिस्ट पार्टी साइनिङपाथका नेत कमरेड गोन्जालोको गिरफ्तारी र जेल सजायका कारण पेरुको जनयुद्ध सेटब्याकमा परिरहेको छ । नेपालमा त विश्व कम्युनिस्ट आन्दोलनमा नै नौलो घटना घटेको छ । जनयुद्धको नेतृत्व गरेको शक्ति नै हजारौं नेता कार्यकर्ताहरुलार्ई जम्मा गरेर पहिले नै प्रतिक्रियावादी बनिसकेको नेकपा (एमाले) मा विलय हुन पुग्यो । यो विश्व मै पहिलो घटना हो । र यससंगै १० वर्षेे जनयुद्ध लडेर आएका, शहिद परिवार, घाइते – अपाङ्ग समेतका हजारौं नेता कार्यकर्ताहरु पुष्पकमल दाहाल प्रचण्डका पछि लागेर एमाले भित्र विलय हुन पुगे । यो पनि विश्व कम्युनिस्ट आन्दोलन कै पहिलो र नौलो घटना हो । किनभने त्यस मृत्यु र युद्ध दुबै रोजेर क्रान्तिका निम्ति होम्मिएका र १० जनयुद्धको प्रक्रियाबाट बचेर आएका ती माओवादी हजारौं कार्यकर्ताहरु त्यति सजिलो गरी भेडाहरु अगुवा हाम फालेपछि अन्य भेडाहरु पनि उसैमाथि हाम फाले झै गरी हाम फाल्दै एमाले भित्र पसे त ? यो ज्यादै गम्भीर प्रश्न हो । यो ज्यादै सोचनीय प्रश्न हो यो राजनीतिक प्रश्न र विषय पनि हो । किनकि चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले सन १९२७ मा दक्षिणपन्थी बनेकाले पहिलो महासचिव छन् तु शु लार्ई पार्टीबाट निकाला गरिएको थियो । त्यस्तै गरी सन १९२९ मा उग्रवामपन्थीको आरोप लागेका दोस्रो महासचिव लि लि शानलार्ई कारवाही गरेर निकाला गरेका थिए । साथै १९३५ मा वामविचलनवादी तेस्रो महासचिव वाङमिङलार्ई कारवाही गेरर पार्टीबाट निकाला गरेर कमरेड माओ त्सेतुङलार्ई पार्टीको अध्यक्ष बनाएर पार्टीलार्ई अगाडि बढाइएको थियो र सन १९४९ मा कमरेड माओकै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । तर तीन तीनवटा महासचिवहरुलार्ई लगातार रुपमा वैचारिक, सैद्धान्तिक रुपमा विचलित भए पनि कारवाही गरिदासम्म पनि एकजना कार्यकर्ता पार्टी छोडेर ती गद्दारहरुका पछि लागेका थिएनन् । उनीहरूले त पार्टी खोल्ने प्रयत्न चाहीँ गरेका थिए । तर, नेपाली जनयुद्धमा ज्यानलार्ई हत्केलामा राखेर ज्यान बचाएर आएएका ती क्रान्तिकारीका माओवादीका हजारौंको संख्यामा प्रचण्डका पछि लागेर एमालेमा जानु, विलय हुनुका पछाडि मुख्य गरेर दुईवटा कारणहरु रहेको देखिन्छ ।
(१) पहिलो कारण ः १० वर्षेे जनयुद्धमा लागेका कार्यकर्ताहरुलार्ई माक्र्सवादका आधारभूत सिद्धान्तहरुका बारेमा आधारभूत प्रशिक्षण दिने, नियमित रुपमा स्कुलिङ गर्ने काममा कमी रह्यो । स्कुलिङको व्यवस्थित रुपले सञ्चालन गर्ने कार्य गरिएन । खाली छिट्टै क्रान्ति सम्पन्न भैहाल्छ भन्दै शीघ्र क्रान्तिको आशावादी बनाएर युद्धमा होम्ने काम मात्र भयो । स्कुलिङ र नियमित प्रशिक्षणका अभावले गर्दा जनयुद्धमा होमिएका हजारौं कार्यकर्ताहरुको विश्वदृष्टिकोणामा रुपान्तरण नभएका कारण समय र परिस्थितिलार्ई बुझ्न नसकेर नेताका पछाडि लाग्ने वातावरण बन्दै गयो । र, विचारविहीन कार्यकर्ताहरु वैचारिक विचलनमा परेर साम्राज्यवादी र विस्तारवादीहरुका सामु वर्गीय रुपमा आत्मसमर्पण गरेर क्रान्तिप्रति, जनताप्रति गद्दारी गर्दै प्रचण्ड प्रतिक्रियावादी बनिसकेको एमालेभित्र छिर्ने बेला हजारौं माओवादीका पुराना कार्यकर्ताहरु पनि एमाले भित्र सामसुम हुन पुगे ।
यसको मुख्य कारण माओवादीका नेता कार्यकर्ताहरुमा माक्र्सवादका आधारभूत सिद्धान्तहरुका विषयमा नियमित र व्यवस्थित तथा योजनाबद्ध रुपमा स्कुलिङ र प्रशिक्षण नहुनु नै हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा माक्र्सवादका आधारभूत सिद्धान्तहरुका विषयमा कार्यकर्ताहरुमा स्कुलिङ र प्रशिक्षण भएन भने आन्दोलनले कुन दिशा लिन्छ र क्रान्तिले कसरी धोका खान्छ भन्ने उदाहरण प्रचण्ड – बावुराम बन्न पुगेका छन् । प्रचण्ड – बावुरामका पछि पछि लागेर उनैसित आँखा चिम्लेर भेडाहरु झैन हाम फाल्ने माओवादीका पुराना नेता कार्यकर्ताहरु संसारमै नकारात्मक शिक्षा बन्न पुगेको छ ।
(२) दोस्रो कारण ः १० वर्षे जनयुद्ध लडेर आएका हजारौँ नेता कार्यकर्ताहरु वैचारिक विचलनवादी प्रचण्डसँगै एमालेभित्र छिर्नुको मुख्य कारण उनीहरूका बिचमा पैदा भएको चरम अवसरवाद नै हो । प्रचण्ड–बावुरामहरु संसदीय भाषामा चुर्लम्म रुपमा डुब्न पुगेर सजिलो बाटो रोजेको र खाने, कमाउने, एकातिर कम्युनिस्ट भएको हल्लाह पनि मच्चाइराख्ने र अर्कोतिर जनताको सम्पत्तिमाथि लुट मच्चाउने योजनाका साथ प्रचण्ड एमाले भित्र छिरेपछि संसदीय व्यवस्थाका विभिन्न निकाएहरुमा पुगेर पैसा कमाउने, मोजमस्ती गर्न पाइएने भएकोले उनीहरू प्रचण्डसँगै एमालेभित्र विलय हुन पुगेका हुन । १० वर्षे जनयुद्ध लडेर आएका माओवादीका हजारौं पुराना नेता कार्यकर्ताहरु एमालेका नेता कार्यकर्ताहरु संगै खाने, कमाउने र जनतालार्ई चर्को कर लगाउने र संसदीय व्यवस्थाका निकायमा पुगेर वगतका ३० वर्षेे पञ्चहरु, १२ वर्षेे काँग्रेसहरु र ज्ञानेन्द्र शाहको तीन वर्षेे निरंकुश शासनकालका कमल थापाहरुलार्ई पनि उछिनेर जनताको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउन तल्लीन भइरहेका छन् ।
आज माओवादीका पुराना हजारौं नेता कार्ययकर्ताहरु मालेमावादलार्ई काल्लामुनि फ्याँकेर, क्रान्तिका सम्पूर्ण लक्ष्य – उद्देश्यहरुलार्ई एकातिर फ्याँकेर खाऊँ कमाऊ, लुट्न सकेसम्म लुट भन्ने धन्दामा ज्यान फालेर लागेका छन् । यो क्रान्तिका लागि ज्यादै नकारात्मक पाटो मात्र नभएर संसारभरकै लागि बेइज्जतीको विषय बन्न पुगेको छ ।
अतः माओवादीका पुराना नेता कार्यकर्ताहरु मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपातिर नलागेर खाऊ, कमाऊ, मोजमस्ती गर्दै प्रचण्डको पछिपछि लागेर हाम फाल्दै एमाले भित्र विलय हुन पुगेका छन् र पुलिस लगाएर विप्लव र वैद्यका नेता, कार्यकर्ताहरुलार्ई पक्राउने, थुनाउने र झुठ्ठा मुद्दा लगाएर कानुनी रुपमा फसाइदिएर जेलमा कोच्ने काममा पुलिसलार्ई मच्चाई रहेका छन् । र, एक कालखण्डमा माओवादी बनेर जनताको मुक्तिको निम्ति, महान् नेपाली क्रान्तिलार्ई विजयमा पु¥याउन ज्यानदाई हत्केलालार्ई राखेर कि मृत्यु कि मुक्तिको कसम खाँदै हिँडेका माओवादीका पुराना नेता, कार्यकर्ताहरु आज काँग्रेसहरु, एमालेहरु, ३० वर्षेे पञ्चहरुलार्ई समेत उछिनेर मुलुक र जनताको सम्पत्ति माथि लुट मच्चाएर भ्रष्टाचारको कलंकको टिका लगाउँदै कम्युनिस्टहरुकै बेइज्जती गर्दै निर्लज्ज भएर मालेमावादको जामा पहिरिएर नेपाली धर्तीमाथि प्रतिक्रियावादी नाच छमछमी नाचिरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु