प्रकाण्डलाई पुन : २ दिन म्याद थप

२०७५ श्रावण २७ गते, आईतवार

काठमाडौँ, २७ साउन । साउन २२ गते काठमाडौंको चोभारबाट साँझ साढे सात बजेतिर प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई अनुसन्धान गर्न पुन : २ दिन म्याद थप गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै १५ दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले २ दिन मात्र म्याद थपको अनुमति दिएको हो । उनीसँगै म्याद थपका लागि अदालत उपस्थित गराइएका उनका सहयोगी हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठलाई भने ३ दिन म्याद थप गरेको छ । उनीहरुलाई म्याद थप गरेको यो दोस्रोपटक हो । साउन २२ गते गिरफ्तार तीनै जनालाई २३ गते सोही अदालतले पाँच म्यादको अनुमति दिएको थियो ।
साथै शनिबार मात्र काठमाडौंबाट गिरफ्र्तार गरिएका नेकपा निकट पर्यटन व्यवसायी प्रमेश दर्नाललाई पनि ३ दिनको म्याद थप गरेको छ । प्रहरीले अाज अदालत परिसरमा संचारकर्मीहरुलाई प्रकाण्डसँग प्रतिक्रिया समेत दिन दिएनन् । चारै जनालाई टेकु प्रहरी परिसरको हिरासतमा लगिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु