प्रकाण्डको गिरफ्तारी बिरुद्ध देशभर भण्डाफाेर कार्यक्रम सम्पन्न

काठमाडौँ, २७ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेको विरोधमा अाज देशभर भण्डाफाेर कार्यक्रम गरिएको छ । प्रवक्ता प्रकाण्ड लगायत नेतालाई रिहाइको माग गर्दै पार्टीको घाेषित केन्द्रीय कार्यक्रम अनुसार अाज देशभर भण्डाफाेर कार्यक्रम गरिएको हो । कार्यक्रममा बाेल्दै वक्ताहरुले गैर न्यायीक गिरफ्तारीकाे भण्डाफाेर गर्दै तत्काल रिहाइ गर्न माग गरेका छन् । शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संविधानमा उल्लेखित अधिकारलाई लत्याउदै अाफैले बनाएको कानुनकाे धज्जी उडाएर राज्यले अाफूहरुमाथि गरिरहेकाे दमनकाे बदला लिएर छाड्ने बताएका छन ।
हिजो देशभर विरोध सभा कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले यहि साउन २९ गते नेपाल बन्दसहितको कार्यक्रम घाेषणा गरिसकेको छ । रिहाइ नगरिए अझ कडा संघर्ष गर्ने पनि नेकपाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>