प्रकाण्डको गिरफ्तारी सरकारको फाँसीवादी चरित्रको पराकाष्ठा – हस्तवहादुर केसी

२०७५ श्रावण २४ गते, बिहीबार

राजनीतिक अास्थाका अाधारमा केपी अोली नेतृत्वको दलाल सरकारले विनाकारण जसरी अपहरण शैलीमा गिरफ्तार गर्यो , रातभरि स्थान नखुलाएको ठाउँमा लगेर अपराधिलाई चरम रुपमा भौतिक तथा मानसिक याताना दिने , सहयोगीहरुलाई पनि मानसिक , भौतिक तथा शारीरिक यातना चरम रुपमा दिने , गिरफ्तार गरेको कुरा गोप्य राखेर विहान काठमाडौं को कपनमा रहेको प्रकाण्डको डेरामा पुलिसले छापा मारेर खान तलासि लिने , कोठामा भएका सर।सामानहरु लथालिङ्ग पारि दिने , डेरा गरेर बसिरहेका बालबालिकाहरुलाई अातंकित तुल्याउने र कलोकल्पित अारोपहरु खडा गरेर जुन तरिका र शैलीहरु अप्नाएर झुठ मुद्दा लगाएर जेलमा हाल्ने काम गरेको छ यो फाँसीवादी शासनको प्रकाष्ठा हो । घोर तानाशाही एवम् निरंकुश शासन शैलीको प्राकाष्टा हो ।
प्रकाण्ड महान् दस वर्षे जनयुद्धबाट , जनताको बिचबाट जन्मेको र क्रान्तिकारी कम्युनिस्ट नेता भएको दुनियाँलाई थाहा छ । उनी जनयुद्धका सहिद परिवारका सदस्य हुन् यो पनि दुनियाँलाई थाहा छ।
प्रकाण्ड लामो समयसम्म प्रचण्ड र बादलहरुकै नेतृत्वको अण्डरमा रहेर नेकपा ( माओवादी ) , नेकपा ( एमाओवादी) केन्द्रीय स्तरमै रहेर संगसंगै काम गर्दै अाएका माओवादी नेता पनि हुन ।
प्रचण्ड – बावुरामहरु नवसंशोधनबादमा पतन भै प्रतिक्रियावादीहरुको क्याम्पमा शरण लिन पुगे पछि उनिहरुबाट विद्रोह गरि नेपाल कम्युनिस्ट पार्टी – माओवादी हुदै हाल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य र पार्टी प्रवक्ता रहेको पनि दुनियाँलाई थाहै छ । र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी वर्तमान नेपाली कम्युनिस्ट अान्दोलनको क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीहरु मध्ये एक हो भन्ने कुरा पनि दुनियाँलाई थाहै छ ।
यी सत्ताधारीहरु र अाम नेपाली नेपाली जनतालाई थाह हुदाहुदै प्रकाण्डलाई जुन ढंगले गिरफ्तार गरेर उनलाई झुठ्ठा मुद्दाहरु खडा गरेर जेल हाल्ने काम गरिएको छ यसबाट झापा विद्रोहको भगौटा केपी अोली र दस वर्षे जनयुद्धको भगौटा प्रचण्डले संयुक्त रुपमा नेतृत्व गर्दै अाएको कथित नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को अोली नेतृत्वमा सरकार दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गको हित संरक्षण गर्ने प्रतिक्रियावादी सरकार हो । दलाल सरकार हो भन्ने कुरा प्रमाणित भएको छ ।
अोली नेतृत्वको सरकार कम्युनिस्ट सरकार हो भन्ने कुरा नेपाली जनताका बिचमा ठुलो भ्रम थियो । प्रकाण्डको गिरफ्तारीको परिघटनाले अोली सरकार कम्युनिस्टको सरकार नभएर दलालहरुको सरकार हो । भ्रष्टचारीहरुको सरकार हो । तस्करहरुको सरकार हो ।नेपालका बचेफुचेका सामन्तहरुको सरकार हो । अपराधीहरुको सरकार हो ।भूमाफियाहरुको सरकार हो । मान्छे बेच्ने म्यनपावरका दलालहरुको सरकार हो । ठग ठेकेदारहरुको सरकार हो । काला बजारियाहरुको सरकार हो । शैक्षिक माफियाहरुको सरकार हो ।नेपालका नदि – नालाहरु भारतलाई बेचेर खाने राष्ट्रघातिहरुको सरकार हो । कमिशनखोरहरुको सरकार हो ५/१० वर्ष भित्रका चेलीबेटीहरुलाई बलत्कार गरेर हत्या समेत गर्ने हत्याराहरको सरकार हो । मानव अपहरणकारीहरु समेतको प्रतिक्रियावादी सरकार हो भन्ने प्रमाणित भएको छ । किनभने प्रकाण्डहरुले यिनै दलाल र अपराधीहरुको बिरोध र भण्डाफोर गर्दै अाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु