प्रकाण्डको गिरफ्तारीको चौतर्फी आलोचना, सरकारलाई सच्चिन सुझाब

२०७५ श्रावण २७ गते, आईतवार

काठमाडौँ, २७ साउन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेपछि यसको चौतर्फी आलोचना भएको छ । आपूmहरुलाई सीआईबीबाट खटिएका बताउने टोलीले गतमंगलबार साँझ साढे सात बजेतिर काठमाडौँको दक्षिणकाली जाने बाटोमा पर्ने टौदहवाट प्रवक्ता प्रकाण्ड, स्टाफ हरिचन्द्र आचार्य ‘विमर्श’ र मिनबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको थियो । गिरफ्तार पछि प्रकाण्डलाई मानसिक यातना ज्यादा दिएको र रातभर शहरका विभन्न स्थान पु¥याएर ज्यानको धम्की समेत दिइएको थियो । प्रकाण्डलाई कहाँ र किन लगियो भन्नेबारे तीनैजनालाई अझै थाहा दिइएको छैन ।
स्मरणीय छ नेकपा देशमा बढिरहेको चरम महँगी, भ्रष्टाचार, अन्याय, बेथिति, राष्ट्रघात, जनघातविरुद्ध विगत चार वर्षदेखि निरन्तर संघर्ष गर्दै आइरहेको राजनीतिक पार्टी हो । उसले वर्तमान राज्य सत्ता दलाल पुँजीवाद, साम्राज्यवाद र घरेलु दलालहरुद्वारा निर्देशित सत्ता भएको बताउँदै त्यसलाई भत्काउनुको विकल्प नरहेको बताउँदै आएको छ । नेकपा यी संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोषसहित एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढिरहेको पार्टी हो । जनताको पक्षमा काम गर्दै आइरहेको राजनीतिक शक्ति हो । उसले राष्ट्रघाती, भ्रष्ट्रचारी, कालाबजारिया, माफिया र नैतिक पतन भएकाहरुलाई सचेतनस्वरुप नेकपाले एकीकृत जनजागरण अभियान निरन्तर चलाइरहेको छ । जसले गर्दा नेकपाप्रति जनताको समर्थन ह्वात्तै बढेको छ । नागरिकमा खुशी प्रवाह भएको छ । प्रकाण्डसहित गिरफ्तार सबै तहका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहा गर्न चौतर्फी दबाब बढ्दै गएको छ । बिभिन्न राजनीतिक दल, तिनका नेता र राजनीतिक बिश्लेषकहरुले सरकारको ज्यादतिबिरुद्ध र नेकपाका प्रवक्तासहितका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु