पेट्रोलियम प्रदार्थको मूल्य घट्यो

२०७६ असार २ गते, सोमबार

काठमाडौं, २ असार । नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल निगम आइओसीले पठाएको नयाँ मूल्यसूचीमा घटेकाले सोही अनुसार मूल्य समायोजन गरिएको हो । पेट्रोलियम प्रदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि २०७१’ अनुसार समायोजन गर्दा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई र दुई रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । समायोजन गरिएको मूल्य गएराती १२ बजेबाट लागू भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु