पूर्वअन्तरिक्ष यात्री बिनको निधन

२०७५ जेष्ठ १३ गते, आईतवार

काठमाण्डौ, १३ जेठ । पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारकै क्रममा अमेरिकाको हस्टनमा निधन भएको हो ।
उनी दुई सातादेखि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । चन्द्रमामा पाइला टेक्ने उनी चौथो अन्तरिक्ष यात्री हुन् । अमेरिकी सेनाका पूर्व विमानचालक रहेका उनलाई सन् १९६३ मा अमेरिकी अन्तरिक्ष नियोग नासाले प्रशिक्षार्थीको रुपमा अन्तरिक्ष पठाउने निर्णय गरेको थियो । उनी दुई पटक अन्तरिक्षमा पुगेका थिए । उनी सन् १९६९ को नोभेम्बरमा पहिलो पटक र सन् १९७३ मा दोस्रो पटक अन्तरिक्षमा पुगेका थिए । उनले सन् १९८१ मा नासाबाट अवकाश भएका थिए । त्यसपछि उनी चित्रकार बनेका थिए ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु