‘पार्टी र प्रवक्ताको दुष्प्रचार गर्ने जनातको आक्रोशमा पर्ने ‘

२०७६ जेष्ठ २७ गते, सोमबार

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी र नेतृत्वप्रति सिलसिलेबार र सुनियोजित रुपमा दुष्प्रचार हुन् थालेपछि त्यस्ता संचार माध्यम र संचारकर्मीको कार्यशैलीमाथि गम्भीर ध्यानाकर्षण भएको बताउदै उनीहरु सचेत नेपाली जनातको आक्रोशमा पर्ने ठोकुवा गरेको छ । आजको कान्तिपुर दैनिकमा दिपेन्द्र बिस्टले पार्टी र प्रवक्ताको चरित्र हत्या गर्दै तथ्यहीन , कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेपछि यस्तो प्रतिकिया जनाएको हो । नेकपाले त्यस्तो भ्रामक , तथ्यहीन र कपोलकल्पित समाचार लेख्ने संचारकर्मीले जनतासामु जवाफ दिनुपर्ने बताएको छ। नेकपाले पार्टीवाट निष्काशनमा परेका पोलिटब्युरो पदमा राईलगायत दर्जनौ जनबर्गिय संगठनका नेता र सुचना चुहावट , आर्थिक अनियमिता गरेको भन्दै प्रभात चलाउने, जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुसाल र सुदीप बर्देवालाई पार्टीबाट निस्कासन गरेको थियो । पार्टीको आधिकारिक निकायसंग कुनै सम्पर्क नगरी पार्टीवाट निष्काशन गरिएका झुण्डको स्याल हुइयामा लागि संचार सप्रेषण गर्नुले समाचार बनाउने संचारकर्मी र प्रकाशन गर्ने संचार माध्यमको विश्वसनीयता माथि आम जनताले औला उठाउने नेपाल कम्युनिस्ट पार्टीले ठोकुवा गरेको छ ।

पार्टीको आडमा गुटबन्दी गर्ने , आर्थिक चलखेल गर्ने र पार्टीभित्र रहेर सुराकीको काम गर्नेको पार्टी सदस्यता नै खारेज गरि सकेको र तिनै झुण्डलाई सुचनाको स्रोत मान्दै समाचार सम्प्रेषण निन्दनीय भएको नेकपाले जनाएको छ । पार्टीको नीति म बिधि र पद्धति बिरुद्ध गएपछि पार्टीले कारबाही गरेका हरु अहिले पार्टी र उसका नेताहरु लाई सिध्याउन न्वारान देखिको बल निकालेर लागि राखेको सो पार्टीको ठोकुवा छ । यस्ता षड्यन्त्रकारी हर्कत गर्ने लाई पार्टी र क्रान्तिकारी जनताले कदापि माफ नगर्ने र यसको हिसाब किताब छिटै हुने सो पार्टी को ठम्याई छ ।
क्रान्तिकारी पार्टी र उसका नेता बिरुद्धको बिष बमन महंगो साबित हुने नेकपाले बताएको छ भने यथार्थता नबुझी सुनियोजित ढंगले सिलसिलेवार रुपमा भ्रामक , तथ्यहीन र कप्लोकल्पित संचार तयार गर्न लागाउने , तयार पार्ने र प्रकाशन गर्ने माथि नपाली जनताले निगरानी बढाई रहेको नेकपा को ठोकुवा छ । सत्य तथ्य नबुझी मनगड्न्ते र पुर्बग्राहीढंगले समाचार लेख्ने र छाप्ने दुवै एक दिन जनातको आक्रोशमा पर्ने नेकपाको ठोकुवा छ ।

स्मरणनीय छ , गत जेठ २२ गते नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालयका सचिव ध्रुवले विज्ञप्ति जारी गर्दै कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेकोप्रति कडारुपमा खण्डन गरेका थिए । कार्यालयका सचिव ध्रुवले जारी गरेको विज्ञप्तिमा -‘नेपाल कम्युनिस्ट पार्टीको बढ्दो प्रभाव र साखबाट आतंकित दलाल तथा जनविरोधी तत्वहरुले क्रान्तिकारी पार्टीका प्रवक्ता प्रकाण्डका विरुद्ध निरन्तर भ्रमको खेती गरिराखेका छन् । यस क्रममा बुधबार कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित दुरासयमा वदनियतपूर्ण तथ्य हिन समाचार सम्प्रेशण गरेकोप्रति पार्टी ध्यान आकर्षण भएको छ ।’ उल्लेख गरिएको थियो ।
विज्ञप्तिमा अगाडि भनिएको थियो ‘हाम्रो पार्टी विचार भावना र सांगठनिक रुपमा बुर्जुवा पार्टी जस्तो गुट उपगुटको संयुक्त मोर्चा नभएर एकताबद्ध र एकढिक्का रहेको छ । पार्टीको जिम्मेवार तहमा सम्पर्क नै नगरी कपोकल्पित ढंगले दुरासयपूर्ण समाचार प्रसारण गर्नुको पछाडि कसको सेवा गर्ने उद्देश्य छ ? त्यसबाट प्राप्त लाभ के हो ? समाचारको न्युनतम् विश्वासनियता चाहिन्छ कि चाहिदैन ? प्रश्न उठ्न स्वभाविक छ । तसर्थ फेक न्युजको खेती नगर्न, सनसनीपूर्ण र उत्तेजित समाचार पेस्किएर व्यावसाय धान्ने होइन कि तथ्यगत समाचार बनाउन हामी सबै सञ्चारकर्मीसँग अनुरोध गर्दछौं ।’ अन्त्यमा नक्कली र बदनियतपूर्ण प्रचारयुद्धको डटेर सामना गर्नसमेत सबै पार्टी पंक्ति र न्यायपूर्ण समुदायमा विज्ञप्तिमार्फत अपिल गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु