पानीमा तैरन सक्ने परमाणु ऊर्जा केन्द्र !

२०७६ भाद्र ८ गते, आईतवार

काठमाडौं, ८ भदौ । रुसले पानीमा तैरन सक्ने परमाणु ऊर्जा केन्द्रलाई समुद्रमा उतारेको छ । यो ऊर्जा केन्द्र आर्कटिक बन्दरगाहको मुरमास्कबाट सुदूरपूर्वमा रहेको चुकोटकासम्म पुग्नसक्छ । यो पूरा यात्रा ५ हजार किलोमिटर लामो छ । आकाडेमिक लोमेनोसेफ नामक यो उर्जा केन्द्र सहजै तैरन सक्छ । यसले दूरदराजको क्षेत्रमा बिजुली आपूर्तिलाई बढावा दिनेछ ।
केन्द्रको मुख्य उद्देश्य चुकोटको चाउन बिलिबिन खनन कम्प्लेक्समा विद्युत उपलब्ध गराउनु रहेको बताइएको छ । ग्रिनपिस संगठनका अनुसार प्रतिकूल मौसम रहेको अवस्थामा यो परियोजना अधिक जोखिमपूर्ण देखिएको छ । केही आलोचक संगठनहरुले रूस र सोभियत संघको पछिल्लो परमाणु कार्यक्रमअनुसार अकाडेमिक लोमेनोसेफ मिसनमाथि चिन्ता जाहेर गरेका छन् । आलोचकहरुले यस मिसनबाट आर्कटिक समुद्रमा प्रदूषणको खतरा रहेको दाबी गरेका छन् । यो ऊर्जा केन्द्रमा अधिक रेडियोएक्टिभ इन्धन रहेको छ । अकाडेमिक लोमेनोसेफको एक लक्ष्य रूसको आर्कटिक क्षेत्रमा समुद्री तेल भन्डारसम्म विद्युत पुर्याउनु समेत हो ।-एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार