पागल नं २ – झपेन्द्र बैद्य

२०७४ फाल्गुन २१ गते, सोमबार

जीरो डिग्रीमा झरेका पागलहरु
छिनछिनमा रुपबदलेर हिरो बन्छन्।
एक छिन चाइनिज बन्छन्
फेरि भारतीय बनेर लम्पसार
लेफ्टर्न राइट टर्न
जसो भन्छ उसै गर्छन्।
लोकतन्त्रको खैंजडी,
गणतन्त्रको डमरु बजाएर
लोकतन्त्र समाप्त पार्छन्।
पागलहरुको महाँ पागल बनाएर
महान सम्राट बनाउदै अपराधीको पुजागर्छन।
यौटा राजतन्त्रको स्थानमा
सयौं नक्कली राजाहरु बन्छन्।
सँस्कार उही, नियती उस्तै उस्तै
कुर्सीमा देश बेच्नेहरु
पागल नभएर के बन्छन्?
खाओबादीहरु बिगतसँग डराईरहेछन्।
मानौं माओबाद एउटा भूत हो
उनीहरु सहीदसँग तर्सिरहेछन्
क्रन्तिसँग बिच्किरहेछन्।
अगुल्टाले हानेको कुकुरजस्तै
बिजुली चम्कदा पागलहरुको सातो उड्छ।
सहीदका रगतले दिनरात पोल्छ।
त्यही आगोले खरानी हुन्छन् उनीहरु।

कुर्सीमा बसेका अन्धा पागलहरु
हात्तीको कान छाम्दा हात्तीलाई नाङ्लोे संझन्छन्।
हात्तीको ढाड छाम्दा हात्तीलाई पहाड
पुच्छर छाम्दा हात्ती त नाम्लो पो रहेछ भन्छन्।
त्यस्तालाई बिद्वान भन्छन्?
पागल नभनेर के भन्छन्?
चाहजार नौसय मेगावाट हुने अपर कर्णालीमा
एकसय साठी मेगावाटमा बेचिदा
नेपालीलाई कस्तो पीडा हुन्छ?
बुझनेलाई गहीरो नबुझनेलाई पहिरो
खोला बेचेर बन्छन् हीरो
बिचारमा जीरो जीरो।
हण्डी बजाउने जनता छक्काउने
यस्तैलाई भन्छन् अपराधी पागल
जंगे पिलर सारिदा सारियो भन्न पाइदैन?
बीरगंजमा सयौ बिगाहा जग्गा गुम्दा
बिरोधका स्वर उराल्ने देशभक्तलाई लाठी ?
एनसेलको दश प्रतिशत ६२ करोड राजस्व
मिनाहा गर्दै उडाउँछन् देशको सर्वस्व
यस्तालाई पागल नभनेर के भन्छन्?
सोंचनुपरेको छ हाम्ररो भबिश्य।
चाकडीवाज, दास मनोबृति
भजनमण्डली र जयजय गान
धुपौरेहरुको प्रस्तुती स्वर्गको पहिचान
न त समात्ने बिचार आचार
बाँदरको पुच्छर लौरो न हतियार
उसको मुखमा जे आयो त्यही बिचार
हिंज भौतिकबाद आज आध्यात्मबाद
ताकपरे तिवारी नत्र गोतामे।
कहिले क्रिश्चियन त कहिले इन्डियन
देखाउने समाजबाद काम धन्दा डलरबाद
र, दलाल पुँजिबाद अनि पुच्छरबाद।
छीः बिचरा बाध्यता कस्तो बाध्यता?
फड्को हान्दैछन् जनताहसाउँदै छन्।
के भनेर मारे सोह्र हजार?
खैः के पाए? पाए त कुर्सी पाए।
सहीदहरुका काँधमा चढेर सिंहदरवारमा पसे।
संयुक्त बलमा राजा फाले
तर गोल चक्कर सबै उही उही।
नारा हुन्छ बिकास र समृद्धि
तर सभ्रन्तवर्गको हुन्छ अभिबृद्धि
के सधै यस्तै हुन्छ?
देशभक्त जनता अगाडि बढ्छ।
पंचायत गुमेको हेक्का छ?
हैसियत त्यस्तै हुन्छ।
निर्बिकल्प के छ? देश सधै ठेक्कामा?
देश त आइएन जीओले चलाइरहेछ
बिदेशी सँस्कृति बिदेशी उद्योग
मान्छे बिदेशी आचारको
तर भन्छन् राष्ट्रियता
जनता भूलाउने कुर्सी जोगाउने।
मूलनै धमीलो भए के हुन्छ?
भजनमण्डलीको लुट हुन्छ।
पागलको हातमा बन्दुक भए के हुन्छ?
भ्रष्टाचारी पुरष्कृत इमानदार तिरष्कृत हुन्छ।
साधुलाई सुली चोरलाई चौतारो हुन्छ।
बाँदरलाई लिस्नो साधुलाई सिस्नो हुन्छ।
धान खाने मूसा चोट पाउने भ्यागुता हुन्छ।
जब कामगर्ने हैसियत गुम्छ खट्टा अंगुर बन्छ।
सहने पनि उउटा सीमा हन्छ।
जनता पीडा खप्न नसके
सडक तताउँछ। पागल भगाउँछ।
जुन जनताले चुन्छ उसैले बिद्रोह गर्छ।
बिद्रोहगर्ने जनताको अधिकार हुन्छ।
भोट देखाएरमात्र के हुन्छ?
सभ्रन्तवर्गको चुनाब पैसाको खेल हुन्छ।
चुनाब त बर्गीय हुन्छ
गरीब भूँइमै हुन्छ, सधै पेट पाल्ने सपना बौक्छ।
नत सभा सोसाइटी, नत सूचना
अन्धकारमा जीन्दगी बिताउँछ।
यता हाल उता हाल भोटको औजार बन्छ।
यसैले त चुनाब हुनै खानेको हुन्छ।
बिहारी संसदमा यस्तै हालत हुन्छ।

प्रतिक्रियाहरु