पाँच सुरुङ मार्ग बनाउन अध्ययन

काठमाडौं, १५ मंसिर । सरकारले पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन सुरु गरेको छ । भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो । दुईवटा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘नौबिसे–नागढुंगा सुरुङ मार्गको काम अघि बढेको छ,’ उनले भने, ‘अन्य सम्भावित ठाउँमा पनि अध्ययन अघि बढेको छ ।
पोखराको हेम्जादेखि नागडाँडा–काँडे–लुम्ले सडकलाई छोट्याउन हेम्जा–नयाँ पुल सुरुङ मार्गको अध्ययन सुरु गरिएको छ । त्यसैगरी नवलपरासीको दाउन्ने, विपी राजमार्गमा पर्ने खुर्कोट–सिन्धुली बनार, कुलेखानी–हेटौंडा सुरुङ मार्ग रहेका छन् । त्यसैगरी नुवाकोट जोड्ने टोखा–छहरेमा सुरुङ मार्ग बनाउने सरकारी योजना छ । – नागरिक दैनिकबाट

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>