पाँच किलो चरेससहित दुईजना पक्राउ

काठमाडौं, २९ फागुन । महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेससहित दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले मंगलबार लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेससहित पक्राउ गरेको हो ।
भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौं भित्रिएको लागुपदार्थ होटल तथा रेस्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेस बरामद गरेको हो । परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । -रासस

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>