पहिलो सिजनको शिकारयाम सुरु

२०७६ कार्तिक ३ गते, आईतवार

काठमाडौँ, ३ कार्तिक । हरेक वर्ष असोजदेखि मंसिरसम्म हुने पहिलो सिजनको शिकारयाम सुरु भएको छ । मुलुककै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो सिजनमा सात नाउर र पाँच झारलको शिकार गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गते १० नाउर र ६ झारलको शिकारको लक्ष्य राखेर सूचना आह्वान गरेको थियो । तर लक्ष्य अनुसार भने बोलपत्रको आवेदन परेन ।
यस वर्षको पहिलो सिजनका निम्ति सात नाउर र पाँच झारलका लागि मात्र आवेदन पर्‍यो । पहिलो सिजनमा नै कम माग आएपछि यस वर्ष कम शिकार हुने विभागले जनाएको छ । शिकार कम्पनी बीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि यसपालि राजश्व दर पनि घटेको वन्यजन्तु संरक्षण विभागका उप–सचिव विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । शिकार कम्पनीले एउटा नाउरको न्युनतम १ लाख ६५ हजार रुपैयाँदेखि अधिकतम १ लाख ८० हजार रुपैयाँसम्म तिरेका छन् भने झारलको न्युनतम ७७ हजारदेखि १ लाख ५ हजार रुपैयाँसम्म तिरेको उपसचिव श्रेष्ठले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार