‘पर्यटकको औसत बसाइ र गर्ने खर्च घटयो ‘

२०७६ कार्तिक २३ गते, शनिबार

काठमाडाैँ, २३ कात्तिक । सन् २०१८ को तथ्याङअनुसार नेपाल आउने पर्यटकको औसत बसाइ र गर्ने खर्च घटेको छ । पर्यटकले दैनिक ४४ डलरभन्दा कम खर्च गर्ने गरेका छन् । नेपालमा विशेष गरी पर्वतारोहण, ट्रेकिङ, जङगल सफारी, जिवजन्तु तथा चराचुरुङी अवलोकन गर्न पर्यटकहरु आउँछन । नेपालमा पर्यटकहरु पर्वतारोहण, ट्रेकिङ, जंगल सफारी, जीवजन्तु तथा चराचुरुङीको अवलोकन गर्न उत्साहित हुन्छ । यो बाहेक र्यारप्टिङ, बन्जिजम्पीङ, प्यारागलाइडिङ जस्ता रोमान्चक क्रियाकलापमा पनि पर्यटकको आकर्षण बढेको छ । योसँगै धार्मिक पर्यटकहरु पनि आउन थालेका छन् । तर, यी पर्यटकको नेपाल बसाई मुस्किलले १२ दिन हुने र उनीहरुले गर्ने खर्च मुस्किलले दैनिक ४४ अमेरिकी डलर अर्थात ५ हजार रुपैयाँ जति हुने गरेको छ । सन् २०१८ को तथ्याङअनुसार नेपाल घुम्न आउने पर्यटकको औसत बसाइ १२ दशमलव ४ दिन र औसत खर्च दैनिक ४४ अमेरीकी डलर छ । जुन ५ वर्षको तुलनामै सबैभन्दा कम हो ।
यसैगरी ट्रेकिङमा आउने पर्यटकको संख्या घटनुले पर्यटकको औषत बसाइ र औसत खर्च घटेको हो । तथ्याङक अनुसार सबै भन्दा बढि ट्रेकीङ गर्ने ठाउँ हुम्लामा सन् २०१७ को तुलनामा २०१८ मा करीब २४ प्रतिशतले घटेको छ । मुस्ताङमा करीब ६१ प्रतिशतले घटेको छ । यसका साथै सरकारले पर्यटकीय गन्तव्यहरु बढाउन नसक्नु, पर्यटकका लागी रोचक कार्यक्रमहरु ल्याउन नसक्नुका साथै आर्थिक मन्दिले पनि पर्यटकको खर्च घटेको व्यवसायीहरु बताउँछन् । भुटान घुम्न जाने पर्यटकले कम्तीमा औषत २५० अमेरीकी डलर खर्च गर्नु पर्ने व्यवस्था छ । नेपाल सरकारले पनि सन २०२० मा औषत दैनिक १०० अमेरीकी डलर खर्च गराउने लक्ष्य लिएको र यसलाइ पुरा गर्ने योजना बनाइ सकेको पर्यटन विभागको दाबी छ । पर्यटकले गर्ने खर्च बढेमा देशको आर्थिक विकास हुने भएकाले सरकारले कार्यक्रम र योजना ल्याउनुपर्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार