पत्रकार बुखारीको हत्या

२०७५ असार १ गते, शुक्रबार

काठमाडौँ, १ असार । भारतमा राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको हत्या गरिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पत्रिकाको कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि बिहीबार गोली हानेर हत्या गरिएको हुन् । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । बुखारीसँगै उनको गाडीमा रहेका अरु दुई जना गम्भीर घाइते भएका छन् । पत्रकार बुखारीका सहयोगीको पनि हत्या भएको छ । जम्मु कश्मीरकी मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्या भएको खेद प्रकट गर्दै दुःख व्यक्त गरेकी छन् ।

प्रतिक्रियाहरु