पगरी गुथ्ने हनुमानहरुका लागि खर्चिएका केहि शब्द -डिल्लीराज रावत

दुई बर्ष अगाडि हो । त्यो दिन एक जना सरकारी कर्मचारी (उनको नाम गोपनियताका लागि उल्लेख गरिन) ले भने (सल्यान कै कुनै एक गाउमा) यहाँ एक दलित महिलाको हत्या भएको छ तपाइहरु आउन पर्दैन ?
मैले सहज रुपमा भने ः प्रहरीलाई उजुरी दिनुस न ।
उनले भने ः प्रहरीले हत्यालाई पिडकको मिलेमतोमा आत्महत्या भएको भन्दै सर्जिमिन मुचुल्का बनाएर सेलाउन लगाए । तपाइको काम के त डिल्ली जी ?
म नजावाफ भए । म यता बुझेर आउछु है सर भनेर फोन राखे ।
घटना सुन्दा आत्महत्या भएपनि पोष्टमार्टम हुनुपर्ने जस्तो लाग्यो । किन मुचुल्का बनाइ सेलाउनलाई लगाए होलान ? मनमा प्रश्न उब्जेकै थिए । जिल्ला प्रहरीलाई सोधियो जानकारी नभएको उत्तर आयो ।
तत्काल विप्लवदाई (कान्तिपुरका सल्यान समाचारदाता) लाई फोन गरेर भने दाइ के हो यस्तो घटना छ बुझ्न जाम भने । अघिपछि मलाइ समाचारका लागि जाम बरु म तेलको व्यवस्था गरुला भन्ने विप्लव दाइलाई के खोज्छस काना आँखो भयोहोला । २० मिनेटमै म कहाँ आउनुभयो अनि हामी गयौं । भर्खर आन्दोलन भएको रहेछ । प्रहरीले हवाइ फायर गरेर भिड हटाएको रहेछ । रेडियो तहल्का, अनलाइन तहल्का, अनि जिल्लाका अन्य संचारमाध्याम (हामी जिल्लाका समाचार बाँड्ने पनि गर्छौ) र कान्तिपुर पत्रिकामा पनि समाचार आयो ।
अहिले एउटै बनेका राजनीतिक दलका जिल्ला नेतापनि पक्ष विपक्ष भएर घटना बुझ्न गए कसैले हत्या भने कसैले आत्महत्या तर के के नाममा घटना गुमसुम नै भयो । एकथरीले हत्या भने अर्काथरीले आत्महत्या । मृतक दलित महिलाका ४ र ७ बर्षका २ छोरामध्ये ७ बर्षका ठुलाछोराले हत्या नै हो भनेको कसैले सुन्ने कुरै भएन । प्रत्यक्षदर्शिले डराएर सहि कुरा नगरेको भन्ने भएपछि हामीले न्याय दिन सक्ने कुरै भएन । न्यायालयले पनि प्रमाण पुगेन नै भन्यो । नष्ट बनाएको प्रमाण कसरी पुग्थ्यो ?
आज लागेको छ एउटा गरिव, दलित महिलाको मृत्युमा वास्ता नगरेका मान्छेहरु समाजमा हुनेखाने र बोल्नसक्नेहरुका बारेमा उनका गतिविधि समावेश गरेर लेखिएको समाचारमा नानाथरी आरोप लगाइरहेका छन । जेलमा हाल्न विभिन्न हुकुम र फरमान जारी गर्दैछन । न्यायालयको ढोका कुदिरहेका छन । लाग्छ दिन तिनकै छन र भोली पनि तिनकै दिन आउनेछन ।
हो २ बर्ष अघि निधन भएकी ति गरिव दलित महिलाले तिनीहरुलाइ कुनै फाइदा दिने थिइनन तर अहिले चुनावमा लडेकाहरुले चुनाव प्रचार गरेकालाई जितेपछि सबै पुराउनेछन । पत्रकारीतालाइ परिभाषित गरेर हामीलाई पढाउन खोज्नेलाई उनिहरुको पत्रकारीता नै जितेकाले टिकाउनेछन । व्यापारी, कर्मचारी, शिक्षकहरुका पेशा नै उनिहरुले टिकाइदिने छन ।
जिल्लाका ठुला मान्छेलाई फोन गरेर २ मिनेटमा समाचार नहटाए जेल हाल्छौ भन्न लगाई उनिहरु अनुसारको कानुनको व्याख्या बनाई हामीलाई जेल हाल्नेछन, जेल नपारे उनिहरुका केटाहरु छन (उनकै भाषामा चुल्ठा पारेका र मुद्रा लगाएका) उनिहरुले खुट्टाभाँच्ने छन अनि कामै नलाग्ने बनाइदिनेछन । अज्ञात समूहको प्रयोग गरि समाचार लेख्ने औला काटिदिनेछन, आँखा फुटाइदिनेछन । (अहिलेसम्म त्यस्तै फोन आए) अनि गर्नेछन लुटको स्वर्गमा भोजभतेर ।
अनि सहयोग गर्नेछैनन सत्तामा पुगेपछि हामीले चलाएका समाचार माध्यामलाई, पुरै सुकाउनेछन । अनि उनकै संचारमाध्यामले आवाजविहिनको आवाज हैन आवाज हुने कै गुनगान गाउनेछन । त्यसपछि समाजका गरिव निमुखाहरु सधै अपमानित र अन्यायमा हुनेछन ।
जिवनका हरेकौ कालखण्डमा मृत्युको मुखसम्म पुगेका हामीलाई जिवनमा पत्रकारीताको परिभाषा सिकाउनेमात्रै हैन सिक्ने भए जिवनकै परिभाषा हामीबाटै सिक्न अनुरोध छ । हामीले पत्रकारीतालाई पेशा मात्रै हैन सेवापनि बनाइरहेका छौं । हाम्रा विरुद्ध कोहि छ भने उनका पक्षमा हामी हुन सक्दैनौ । हामीले अहिलेका मात्रै हैन हिजोका कालखण्डलाई पनि राम्ररी अध्ययन गरेका छौ ।
“अमुख पार्टी उम्मेद्वार विशेषको प्रचार बाहेक समाचार प्रसारण, प्रकाशन गर्न मिडिया स्वतन्त्र छन । सामान्य आचरण बाहेक पत्रकार तथा मिडियालाई समाचार प्रकाशन, प्रसारण गर्न कुनै निर्वाचन कानुन र निर्देशिकाले बन्देज गरेको छैन” भन्ने कुरालाई अध्ययन गर्दा राम्रो नै हुन्छ हनुमानजीहरु ले ।
व्यक्तिगत रुपमा कसैसंग पुर्वाग्रह छैन र हुनेछैन । समाचारका बारेमा खण्डन गर्न पाइन्छ, सूचना विभागमा मुद्धा हाल्न पाइन्छ, अहिले निर्वाचनको अवधिमा आयोगमा पनि मुद्धा हाल्न पाइन्छ । यी सबै बाटा खुला छन । मौन अवधि के हो हामीलाई पनि थाहा छ ।
पत्रकार जस्तो भएर भन्दा पनि पार्टीका कार्यकर्ता भएर प्रस्तुत भएका पत्रकार हनुमानजी हरु लेख्ने हात हाम्रापनि छन । पार्टीका कार्यकर्ता भएर हामीपनि पत्रकार हौ भन्दै सामाजिक संजालमा पोष्ट गरेर पत्रकारीताको खिल्ली नउडाउनुहोला । परिवर्तन कसरी आएको हो ?, किन आएको हो ? नानाभाँती लेख्दै र फोनगर्दै पत्रकारलाई थर्काउने र धम्काउने काम बन्द गर्नुहोला, पगरी गुथ्ने हनुमानजीहरु …

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>