न्यूयोर्क विश्व कै धनी शहर

२०७४ माघ २९ गते, सोमबार

काठमाडौं, २९ माघ, । न्यू वर्ल्ड वेल्थ रिपोर्ट अनुसार न्यूयोर्क विश्व कै धनी शहर भएको छ । वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, यो सूचीमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ ।
यसैगरी लण्डन दोस्रो, टोकियो तेस्रो र सनफ्रानसिस्को चौथो नम्बरमा छन् । पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाइ परेका छन् । भारतको मुम्बईले पनि विश्वको धनी शहरको सूचीमा स्थान बनाएको छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ । यसको कुल सम्पत्ति ९५० अर्ब डलर छ ।

प्रतिक्रियाहरु