नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्ने तयारी

२०७५ जेष्ठ २० गते, आईतवार

काठमाडौं, २० जेठ । धार्मिक र पर्यटकीय स्थलको रुपमा परिचित गराउँदै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पाँचथरको फिदिम नगरपालिका–४ स्थित थाक्ले मन्दिर परिसरमा नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्न गुरुयोजना बनाइने भएको छ । आर्थिक वर्ष ०७५/०७६ को बजेटबाट विनियोजित रकमले गुरुयोजना निर्माण गर्ने र प्रारम्भिक काम थालिने वडाअध्यक्ष प्रकाश गुरुङले बताए ।
फिदिम नगरपालिका तथा पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशका सबै सांसद, उद्योगी, व्यवसायी, समाजसेवी सबैसँग सहयोग मागिने बताइएको छ । नजिकै थाक्ले मन्दिर र यो मन्दिरभन्दा १ सय मिटरमाथि ऐतिहासिक जुन डाँडा रहेको छ । मूर्ति राखिने डाँडाबाट पाँचथर, तेह्रथुम, ताप्लेजुङ, धनकुटालगायत शहरको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रियाहरु